हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा र बागमती प्रदेश सभा सदस्य एका लाल श्रेष्ठले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको निरीक्षण गरेका छन् । शनिबार स्वास्थ्य मन्त्री थापा र प्रदेश सभा सदस्य श्रेष्ठले सेवाको विषयमा बुझ्दै हेटौंडा अस्पतालको भवनको निरीक्षण गरेका हुन् । चिकित्सा शिक्षा आयोगको अनुगमनको पूर्वसन्ध्यामा निरीक्षण भ्रमणले प्रतिष्ठानको आगामी योजनाका विषयमा थप छलफल गरेको छ ।
निरीक्षणका क्रममा मन्त्री थापाले प्रतिष्ठानले सञ्चालनमा ल्याएको बीएस्सी नर्सिङ , बिपिएच, बिएमएलटी, बी फर्मा कार्यक्रमहरूको चर्चा गरेका छन् । स्वास्थ्यमन्त्री थापाले एमबीबीएसको पूर्वतयारीमा लाग्न अनुरोध गर्दै हाल सञ्चालनमा रहेको बीएस्सी नर्सिङ कार्यक्रमको सिट संख्या २० बाट बढाएर ४० पु¥याउने तयारी प्रतिष्ठानले गरेको उनले बताए । चिकित्सा शिक्षा आयोगको मापदण्डअनुसार सबै पूर्वाधार र शैक्षिक तयारीलाई पूर्णता दिने उनले प्रष्ट पारेका थिए ।
प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवाली, शिक्षाध्यक्ष डा. दिनेश कुमार लम्साल, रजिस्ट्रार भीमसागर गुरागाईं, निर्देशक डा. रामचन्द्र सापकोटा, अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईं , लक्ष्मी पौडेल, पूर्व सदस्य हिरा लामा लगायत चिकित्सक एवम अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । प्रदेश सभा सदस्य एका लाल श्रेष्ठले हेटौंडा अस्पतालले समग्र स्वास्थ्य सेवा प्रवाहमा देखाएको कार्य सराहनीय भएकोले यसलाई कायम राख्नुपर्ने बताए । जनताको गुनासो आइरहने भन्दै यसबाट आत्तिन नहुने उनको भनाई थियो । प्रतिष्ठानको तर्फबाट उपकुलपति डा. ज्ञवालीले प्रतिष्ठानलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने आधार निर्माण भइसकेको जानकारी गराउनुभयो । अब चिकित्सा शिक्षा आयोगको स्वीकृतिको पर्खाइ मात्र रहेको बताए ।

















प्रतिक्रिया दिनुहोस्