हेटौंडा । दोस्रो संस्करणको महिला कब्ड्डी विश्वकमा सहभागी हुने महिला खेलाडीको विदाई गरिएको छ । शुक्रबार एक कार्यक्रमकोबीच राष्ट्रिय खेलकुद परिषद् (राखेपा)का सदस्य–सचिव टंकलाल घिसिङले दोश्रो महिला कबड्डी विश्वकपमा सहभागी हुने नेपाली खेलाडीको विदाई गरेका छन् । छिमेकी मूलूक भारतको हरियाणामा अगष्ट ३ देखि १० तारिखसम्म हुने प्रतियोगितामा मानमति विष्ट (कप्तान), जयन्ती बडु (उप–कप्तान), मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, श्रृजनाकुमारी थारु, श्रृजना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सन्जु थामी सहभागी हुने राखेपाका सदस्य सचिव टंकलाल घिसिङले जानकारी गराएका छन् ।
प्रशिक्षक विष्णुदत्त भट्ट, सहायक प्रशिक्षक हरिना थापा, व्यवस्थापक शरद दर्शनधारी र निर्णायक रमेशचन्द्र ओझा रहेका छन् ।एसियाका १७ राष्ट्र मध्येबाट विश्व वरीयतामा तेश्रो स्थानमा रहेको नेपाल पनि छनोट हुँदै प्रतियोगितामा सहभागी हुन लागेको हो । प्रतियोगितामा नेपालसहित भारत, युगान्डा, जर्मनी, चाइनिज ताइपेइ, होल्यान्ड, जन्जिबार, इरान, जापान, पोल्यान्ड, केन्या, अर्जेन्टिना र थाइल्यान्ड सहभागी हुने छन् ।


















प्रतिक्रिया दिनुहोस्