रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ४ स्थित सितलमहल चोकमा सञ्चालन भइरहेका एस एस मोबाइलको विहिवार उद्घाटन गरिएको छ ।

युवाहरु देश छोडेर बाहिर जान बाध्य भएको कठिन समयमा कम उमेरमै वर्षौको अनुभव, मेहेनत र कडा संघर्स पछि
आफ्नै क्षमताको बलमा मोबाइल पसल सञ्चालनमा ल्याउन सफल भएका हुन् सुनिल लगुन ।

आफ्नो श्रम, शिप र खुबीलाई आफ्नै माटोमा प्रयोग गरेर देश विकास गर्नका लागि कार्य गर्ने उनको चहाना छ ।

उनको मोबाइल हबमा सस्तो र सुपथ मूल्यमा विभिन्न ब्राण्डका मोबाइल तथा इलेक्ट्रोनिक सामानहरु पाइनुका साथै मोबाइल मर्मत पनि गरिने उनले बताए ।

मोबाइल व्यवसायी, शिक्षक, पत्रकार लगाएतको उपस्थितीमा उद्घाटन गरिएको हो ।