हेटौंडा । दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा जारी १५ औं संस्करणको बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा तेक्वान्दोको खेल सम्पन्न भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमतीको आयोजनामा सञ्चालन भइरहेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत आइतबार तेक्वान्दो तर्फको खेल सम्पन्न भएको हो । आइतबार सम्पन्न भएको खेलमा मकवानपुरले ४ वटा पदक जितेको टिम निर्णायक विमल विश्वकर्माले जानकारी दिएका छन् ।
मकवानपुरको प्रतिनिधित्व गरेर सहभागी भएका १२ जना खेलाडीहरु मध्य ४ जनाले मकवानपुरका लागि पदक दिलाउन सफल भएको टिम निर्णायक विकले बताएका हुन् । प्रतियोगितामा ४६ केजी भन्दा कम तौल समूहबाट जस्मिना गोलले रजत, ५२ केजी भन्दा अधिक तौल समूहबाट सुजित माझीले रजत, ४२ केजी तौलसमूहबाट माधुरी घलानले काँस्य र पुम्से विधामा सुहान गुरुङले काँस्य पदक दिलाउन सफल भएका निर्णायक विश्वकर्माले बताए ।
पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिबाट जिल्लास्तरीयमा सहभागी हुँदै प्रत्येक विधामा प्रथम भएका खेलाडीहरुको प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता रहेको उनले बताए । गत वर्ष चितवनमा सम्पन्न भएको प्रतियोगिता यस वर्ष दोलखामा भएको हो । मकवानपुरे खेलाडीहरुको प्रतिनिधित्व गरेर टिमकोचको रुपमा शिवहरि राई, व्यवस्थापकको रुपमा हरि भुजेल र निर्णायकको रुपमा निरु कुमारी मगर दोलखा गएका थिए ।




















प्रतिक्रिया दिनुहोस्