बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश अन्तरगर्त कानून मन्त्रालयको नेतृत्वमा गर्ने काम कार्वाहीका लागि संविधानको मुल मर्म र भावान अनुसार कार्यन्वयनका लागि कदम चलाइएको बताएका छन् ।
सोमबार हेटौंडा-१०, मा रहेको होटल सुर्यान्समा पत्रकारसंगको भेटघाट तथा अन्तरक्रिया अन्तरगर्त मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
मन्त्री श्रेष्ठले भने “बागमती प्रदेश भित्र मैले मन्त्रालयको जिम्मेवारी लिएपछि ११ वटा प्रहरी भवनहरु निर्माण गरी उद्धघाटन सम्पन्न भएको छ । निर्माणधिन प्रहरी भवनहरुलाइ पुर्णता दिन प्रस्तावित बजेट कार्यन्वन गर्नका लागि प्रक्रिया पुरा गरेका छौं । यसका लागि लगभग ३२ करोडको अख्तियारी प्रदान गरिसकेका छौँ ।”
सोही अनतरगर्त ७ वटा ऐन नियमावली बिद्ययक ४ वटा र १ वटा संसोध गरेर ५ वटा, कार्यबिधि ११ वटा, ३ वटा मापदण्ड, अध्यादेश ३ वटा, जारी गरेको जस अन्तरगर्त २९ वटा ऐन कानुन् निर्माण भएको जानकारी दिए ।
मन्त्रीले जानकारी दिए अनुसार समग्रमा बागमती प्रदेश सरकार गठन भएदेखि ऐन संख्या ६३ जारी भएको र १४ वटा संसोधन गरेर ६३ र १४ गरेर ७७ वटा ऐन अध्यादेश १३, नियमावली २५, बिनियमावली २, निर्देशिका ४, कार्यबिधि ४८, मापदण्ड ९, अध्यादेश ७ गरेर १सय ७१ र बिभिन्न समयमा संसोधन गर्दा अध्यादेश, नियमावली, बिनियमावली, निर्देशिका, कार्यबिधि, मापदण्ड गरि २सय १६ ऐन जारी भएको हो ।

























प्रतिक्रिया दिनुहोस्