राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा बागमती प्रदेश तर्फको चार सिटका लागि १५ जनाको मनोनयन दर्ता भएको छ ।
बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडा–५ मा चार सिटका लागि चार दलहरुले भाग लिने गरी सोमबार मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्तामा सत्ता गठबन्धन दलसहित नेकपा एमाले, राप्रपा र नेमकीपाका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।
बागमती प्रदेश तर्फबाट राष्ट्रिय सभा सदस्य बनेका चार जनाको पदावधि सकिने भएकाले मनोनयन दर्ताको कार्यक्रम संचालन गरेको निर्वाचन आयोगले जनाएको छ ।
क्लस्टरहरुमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले दुई सिट, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबाट १,१ जना एमालेबाट ४ जना, नेमकीपा बाट ४ र राप्रपा बाट ३ जनाले मनोनयन दर्ता गराएका छन् ।
अन्य क्लस्टरबाट उम्मेदवार बनेका सत्ता गठबन्धनबाट कांग्रेसका जितजंग बस्नेत र विष्णुकुमारी पुडासैनीमा उम्मेदवार बनेका बस्नेतले बागमती प्रदेशसभा सदस्य एवम् कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्लेको प्रस्ताव र प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको समर्थन पाएका हुन् ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रस्ताव र महालक्ष्मी नगरपालिका ललितपुरकी उपमेयर लक्ष्मी महर्जनको समर्थनमा महिला क्लस्टरबाट उम्मेदवार बनेकी पुडासैनीको मनोनयन दर्ता भएको हो ।
सत्ता गठबन्धन तर्फ माओवादी केन्द्रबाट अपांग क्लस्टरमा उम्मेदवार बनेका श्रीकृष्ण प्रसाद अधिकारीले कांग्रेस केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाको प्रस्ताव र माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक रत्नप्रसाद ढकालको समर्थन रहेको छ ।
सत्ता गठबन्धनबाट एकीकृत समाजवादीबाट दोलखाका धनश्याम रिजाल विश्वकर्माले एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा खनालको प्रस्ताव र हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको समर्थन रहेको छ ।
एमालेबाट दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौँका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रस्ताव र प्रदेशसभा सदस्य उर्मिला सुनुवारको समर्थनमा महिला क्लस्टरबाट चौलागाईंको समर्थन रहेको छ ।
अपांग क्लस्टरमा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको प्रस्ताव र इन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामाको समर्थनमा देवकोटाको मनोनयन दर्ता भएको हो ।
नेमकिपाबाट अपांग क्लस्टरबाट भक्तपुरका हिमालयश्वर लाल मुलले, अन्यबाट काठमाडौँका श्रीकृष्ण महर्जनले प्रदेशसभा सदस्य गीता काफ्लको प्रस्ताव र भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको समर्थनमा मनोनयन दर्ता गराएका छन् ।
दलिततर्फ भक्तपुरकी संगीता नेपालीले भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको प्रस्ताव र प्रदेशसभा सदस्य गीता काफ्लेको समर्थनमा त्यस्तै गरि महिलातर्फबाट कृष्ण लक्ष्मी दुवालले प्रदेशसभा सदस्य सृजना सायजुको प्रस्ताव र भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको समर्थनमा मनोनयन दर्ता भएको हो ।
बागमतीको ४ सिटका लागि राप्रपाबाट राष्ट्रियसभा सदस्य पदको लागि ३ जनाले उम्मेदवारी दिएका छन् ।
चितवनका भरतमणि भट्टले राप्रपा तर्फबाट प्रदेशसभा सदस्य धनेश्वरी प्रजापतिको प्रस्ताव र लक्ष्मी घिमिरेको समर्थनमा अपांग क्लस्टरमा मनोनयन दर्ता गराएका छन् ।
महिलातर्फ मकवानपुरकी बालकुमारी डल्लाकोटी र अन्यमा हेमजंग गुरुङले प्रदेशसभा सदस्य आशा लामाको प्रस्ताव र राजु विष्टको समर्थनमा मनोनयन दर्ता गराएका छन् ।

















प्रतिक्रिया दिनुहोस्