बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अर्थिक मन्दिको अवस्था सुधारका लागि उत्पादन र व्यवसायको मोडेल परिवर्तन गर्नुपर्ने र यसका लागि बागमती प्रदेश अघि बढेको बताएका छन् ।
शनिवार मकवानपुर उद्योग वाणिज्य संघको ५७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले यस्तो बताएका हुन् ।
यसै विच मुख्यमन्त्री जमकटरटेलले आफु कुनै व्यवुायी नभएपनि व्यवसायीहरुसंग नजिक रहेको बताएका छन् ।
उनले उद्योग वाणिज्य संघले कृषहरुलाई पनि आफरसंगे समेटेर लैजानुपर्ने र कृषकहरु हाम्रो सदस्य हुन् भनरे घोषण गर्न किन सकेन ? भन्दै प्रश्न समेत गरे ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुरमार गुप्ता अग्रवालको अध्यतामा भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, संघीय सांसद दिपक सिंह, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुअ जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई, जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सिताराम रिजाल, विभिन्न जिल्लाका उद्योग वाणिज्य संघ पदाधीकारीहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।





















प्रतिक्रिया दिनुहोस्