नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र मा जनता समाजबादी पार्टी मकवानपुर सस्थापन पक्ष समायोजन भएकोछ ।

जनता समाजबादी पार्टी पुर्व परिषद् अध्यक्ष तथा बागमती प्रदेश तथा अनुशासन समिति संयोजक समेत रहेका शुभरत्न गोलेको नेतृत्वमा १ सय २९ जना माओबादी केन्द्र मकवानपुरमा समायोजन भएको हो ।
माओबादी केन्द्र मकवानपुर अध्यक्ष सर्केस घलानको सभाध्यक्षता माओबादी केन्द्र केन्द्रिय सदस्य कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै शुभरत्न गोलेले उत्पिडन , पिछडिएका बर्गको नेतृत्व र वास्तविक घर भएको महबुस भएकाले माओबादी केन्द्रमा समायोजन भएको बताए ।
शुक्रबार हेटौंडाको रोयल पार्टी प्यालेशमा आयोजित पार्टी समायोजन कार्यक्रममा माओबादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी छिन्तु, जिल्ला अध्यक्ष सर्केस घलान मधु लगायतले स्वागत गरेका हुन् ।





















प्रतिक्रिया दिनुहोस्