किवानिज इन्टरनेशनल किवानिज इन्टरनेशनल (के- ६९) नेपाल किवानिज क्लब अफ हेटौंडा नेपाल अन्तरगर्त (के २०४६८) ले बिद्यार्थीहरुका लागि कपडा बितरण गरेको छ ।
किवानिज अध्यक्ष सुर्वण केशर लामिछाने र निर्वतमान तथा संस्थापक अध्यक्ष ज्योती रत्न बज्रार्य सहित किवानिज टोलीनै मकवानपुर जिल्लाको विगट स्थान राक्सिराङ्ग गाउँपालिका ३ स्थित झिल्किनीमा रहेको श्री राष्ट्रिय प्राथमिक माध्यमिक बिद्यालयमा पुगेका हुन् ।
हेटौंडाका सामाजिक सेवामा तत्पर रहने व्यवसायी समेत रहेका किवानिजका संस्थापक अध्यक्ष ज्योती रत्न बज्रार्यले न्यु स्वर्ण भण्डारको माध्यमबाट र किवानिजको समेत सहयोगमा बिद्यार्थीहरको लागि ट्र्याकशुट बितरण गरेको हो।
शनिबार सुर्वण केशर लामिछानेको सभाध्यक्षता डिष्ट्रिक गर्भनर डिष्ट्रिक गभनर (२०२३ ) का तिर्थ कुमार सिंहको प्रमुख आतिथ्यतामा आयोजित कपडा बितरण कार्यक्रमलाई संस्थापक अध्यक्ष ज्योती रत्न बज्रार्यले सम्बोधन गर्दै विशेष गरि बालबालिकाको क्षेत्रमा किवानिजले बातावरण, स्वास्थ्य, शिक्षा, खेलकुद नेतृत्व बिकाशको लागि काम गर्दै आएको बताउदै शिक्षा अन्तरगर्त बिद्यार्थीहरुलाई हौसला प्रदान गर्नका लागि विगट स्थान पुगेर सहयोग गरिएको बताए ।
सो स्थानमा कक्षा ५ सम्म शिक्षा प्रदान गराउदै आएको बिद्यालयको अवस्था र स्थितिलाई नियाल्दै उक्त बिद्यालयमा गर्मी मौसमका लागि आवाश्यक पंखा उपलब्ध गराउने कार्यक्रमका विशिष्ठ अतिथि रहेका बज्रार्यले घोषणा गरे ।
सामाजिक सेवामा रहेका व्यक्ती संस्थापक अध्यक्ष ज्योतिरत्न बज्रचार्य र किवानिजको माध्यमले स सानका बिद्यार्थीहरुका लागि थोरैै भएपनि सहयोग गर्न पाएको खुसी व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै बिद्यालय सञ्चालक समितिका अध्यक्ष मणिकलाल बलले सामाजिक सेवाभावले चिसो मोसममा बिद्यार्थीहरुका लागि न्यानो होस भनेर कपडा बितरण गरेकोमा खुसी व्यक्त गरे ।
त्यस्तै गरि बिद्यालयका प्रधानाध्यापक रोहित कुमार ओझाले चिसोका कारण बिद्यार्थीहरु शिक्षकाका लागि बिद्यालय आउन कठिन परेको जानकारी पाए लगत्तै सेवाको मनोभावले बिद्यार्थीहरुको हौसला बढाउन गरेको सहयोग प्रति आभार व्यक्त गरे ।
कार्यक्रममा किवानिजका अध्यक्ष सुर्वण केशर लामिछाने प्रमुख अतिथि विशिष्ठ आतिथ्यता ग्रहण गरेका डिष्ट्रिक सचिव युवराज न्यौपाने, डिष्ट्रिक कोषध्यक्ष शिव बहादुर काफ्ले, चिफ एड्भाइजर दिपक शर्मा लगायतले किवानिजबाट गरिएको सहयोग कहि कतैबाट आएको डोनेसन र प्राप्त सहयोग नभएर आफैबाट जुटाएर सहयोग गरिएको अवगत गराए ।
अध्यक्ष सुर्वण केशर लामिछानेले विगट स्थानमा रहेको बिद्यालयको अवस्थाका बारेमा जानकारी दिएर सहयोगको मौका उपल्ब्ध गराएको भन्दै नेपाल मानव अधिकार संगठन अध्यक्ष शर्मिला श्रेष्ठ र स्थानिय मिरा स्याङ्तान लाई विशेष धन्यवाद व्यक्त गर्दै प्रति आभारी रहेका बताए ।
किवानिजको तर्फबाट आउँदा दिनमा पनि सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाए ।



















प्रतिक्रिया दिनुहोस्