बागमती प्रदेशको राजधानी हेटौंडा–५, स्थित क्याम्पा रंगशालामा मंसिर ५ गतेदेखि सूरु भएको स्व. सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौडा च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको फाइनल भिडन्तमा रिगल हेटौँडा रिसोर्ट एन्फा मकवानपुरले विजेताको कप उचालेको छ ।
एफसी मुण्डियाल क्लबको आयोजनामा रिगल हेटौँडा र रियल स्टार क्लब विच बुधाबार भएको फाइनल खेलको भिडन्तमा ०–४ गोल अन्तरले रियल स्टार क्लब उपविजेता भएको हो ।
विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेता रियल स्टारले नगद ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।
फइनल खेलको भिडन्तमा पहिलो हाफको १८ औं मिनेटमा खेलाडी मोहित गुरुङले १ गोल गरे ।
खेलको दोस्रो हाफको १५औं मिनेटमा रिगलका खेलाडी सुजल श्रेष्ठले गोल गर्दै रहेको अग्रता बढाए ।
चलिरहेको खेलमा खेलको ३० औं मिनेटमा अनिष महर्जनले लगातार २ गोल गरेपछि अग्रता झनै बढेयो ।
खेलको म्यान अफ द म्याच अनिष महर्जन घोषित भए ।
बिभिन्न बिधागत पुरस्कारमा उत्कृष्ट खेलाडी हुँदै रिगलका खेलाडी मोहित गुरुङले ट्रफी सहित नगद १५ हजार रुपैयाँ प्राप्त गरे भने प्रतियोगिताको उत्कृष्ट गोलरक्षक रिगलका क्रिशल मोक्तान घोषित भए ।
उत्कृष्ट रक्षकमा रियलका खेलाडी उर्गेन रुम्बा, उत्कृष्ट मिड फिल्डर रिगलका ऋतिक श्रेष्ठ, उत्कृष्ट फरवार्ड रिगलका कप्तान प्रितम स्याङ्बो, उत्कृष्ट प्रशिक्षक रिगलका विजयलाल श्रेष्ठ घोषित भए ।
एफसी मुण्डियाल क्लबका अध्यक्ष सुविन घिमिरकोे सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्य रहेको थियो ।
सुदिप सिंह ठकुरीको संयोजनमा १४ समुहको सहभागीता रहेको प्रतियोगिता सम्पन्न गरेसंगै विजेतालाई उपमेयर राजेश बानियाँले पुरस्कार वितरण गरेका हुन् ।














प्रतिक्रिया दिनुहोस्