आज बिहिबार हरिबोधिनी एकादशीका अवसरमा बिहानै देखि भक्तजनहरु पुजामा व्यस्त छन्।
१ वर्षमा पर्ने २४ वटा एकादशीमध्ये सबभन्दा ठूलो एवम् महत्वपूर्ण मानिने हरिबोधिनी एकादशीका दिन हरिबोधिनी एकादशी वर्षमा पर्ने २४ वटा एकादशीमध्ये सबभन्दा ठूलो एवम् महत्वपूर्ण एकादशी मानिने भएकाले ठूलो एकादशी पनि भनिन्छ ।
भगवान् विष्णुको उपासनाले फलदायी हुने र यस दिनमा गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएका कारण हिन्दुधर्ममालमिबहरुले भगवान् विष्णुको उपासना गर्ने पर्वका रुपमा मान्दै आएको धर्मालमिबहरु बताउछन् ।
आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा बिराजमान हुनुभएका भगवान् विष्णु आजका दिन उठ्नुहुने पुराणमा उल्लेख गरिएको छ । यसकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी मानिएको भार्मिक मान्यता रहेको छ ।
हिन्दु धर्मशास्त्र अनुसार धार्मिक र सांस्कृतिक अनि वैज्ञानिकरुपमा पनि अति उपयोगी रहेको तुलसीको बिरुवाको महत्व ठूलो भएकाले तुलसाको मठ बनाएर रोप्ने चलन छ ।
यसकारण पनि हरिशयनी एकादशीमा रोपिएको तुलसीको बिरुवा हरिबोधिनी एकादशी सम्ममा धेरै ठूलो भइसकेको हुन्छ । आजको दिन विधिपूर्वक जप, होम गरेर तुलसीको होम लगाइ आजकै दिन पिपलसंग विवाह गरिदिने परम्परा छ ।
आजका दिन तुलसीको मठको चारैतर्फ बाँसको लिंगो गाडेर रगंरोगन सहित श्रृंगारेर रुद्रि पुजा पनि गरि नयाँ धानको चामल कुटेर दही, सख्खर मिश्रणगरि न्वागी चढाउने र प्रसादका रुपमा ग्रहण गर्ने चलन छ ।
यसै समयमा बिभिन्न स्थानका शिवालयमा आज बिहानै देखि भक्तजनको भीड लागेर पुजापाठमा रमाउने गरेका छन् ।
यसै क्रममा मकवानपुरका बिभिन्न स्थानसंगै मकवानपुरगढी र भीमफेदी गाउँपालिकाको त्रिखण्डीमा मेला लागेको छ । बिशेषगरी हेटौंडा उपमहानगरपालिका र भिमफेदी गाँउपालिका नजिकै रहेका हुँदा त्रिखण्डीमा मेला हेर्न आउनेहरुको भिड छ ।
त्रिखण्डी व्यावस्थापन समितिले आज मादक पदार्थको बिक्री बितरणमा पूर्ण रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरले पनि उक्त क्षेत्रमा मादक पदार्थको बिक्री बितरण नगर्न र नगराउन सार्वजनिक सूचना जारी गरिसकेको छ ।





















प्रतिक्रिया दिनुहोस्