रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा असोज १९ गते शुक्रबार देखि अक्षय कुमार स्टारर हिन्दी चलचित्र ‘मिसन रानीगञ्ज’ प्रदर्शनमा आएको छ ।

भारतको एक कोइलाखानी दुर्घटनाको वास्तविक कथा मुवीमा प्रस्तुत गरिएको छ । अक्षयले यसमा जसवन्त सिंह गिलको भूमिका निर्वाह गरेका छन् । कोइलाखानीमा थुनिएका ६५ मजदुरको उद्धारका लागि गिलले गरेको बहादुरीपूर्ण लडाइँको कथा फिल्ममा प्रस्तुत गरिएको छ ।

बायोग्राफी जनरामा राखिएको यो फिल्ममा परिणिती चोपडा र राजेश शर्माको पनि अभिनय छ । टिनु सुरेश देसाई निर्देशित फिल्मको लम्बाइ दुई घण्टा २० मिनेट छ ।

अब चलचित्रले बक्स अफिसमा बाजी मारला या नमारला त्यो त समयले नै बताउँछ तर तपाईँ भने एनएस सिनेमा हलमा गएर आफुलाई मन परेको मुवी हेर्न न छुटाउनु होला ।

टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।