बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले प्रदेशमा बनेका दुरसञ्चारसँग सम्बन्धित नीतिगत, कानुनी र संस्थागत व्यवस्था र प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ तथा व्यवस्थापन नियमावली ०७६ बनेको बताएका छन् ।
दुरसञ्चारसँग सम्बन्धित कानुन र समग्र दुरसञ्चार सेवाका वर्तमान अवस्थाबारे सेवा प्रदायक र सरोकारवालाबीच गरिएको अन्तरकृयालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षमा सुरक्षित प्रयोग र साइबर अपराध न्यूनीकरणका लागि नितीगत विशेष कार्यक्रम गरिने मन्त्री श्रेष्ठले बताए ।
सुचना प्रविधि तथा इन्टरनेट सम्बन्धी दर्ता, सञ्चालन र नियमन गर्न छुट्टै कानून नभएकाले कानून निर्माण अतिनै आवश्यक रहेको उल्लेख गरे ।
सञ्चार प्रविधिको युग भएकाले अहिलेको अवस्थामा सञ्चार जनताकोअधिकार भित्र परेको र जनताको माझमा प्रविधि पुर्याउन सरकार गम्भिर भएको बताए ।
कार्यक्रममा सहभागिबाट प्रतिक्रिया लिएर प्राधिकरणका उपनिर्देशक पन्तले भएका कमी कमजोरी सुधारको प्रकृया अघि सार्ने र सेवावाग्राहीका लागि सहज र व्यवस्थित गरिने बताए ।
प्राधिकरणका उपनिर्देशक रेवतीराम पन्तको सभाध्यक्षता तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा नेपाल दुरसञ्चार हेटौंडाका वरिष्ठ प्राविधिक पवन कुमार कर्ण, जिल्ला बार एशोसिएसन मकवानपुरका अध्यक्ष अप्सरा बस्नेत, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोद सिं रानाभाट, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।





















प्रतिक्रिया दिनुहोस्