नेपाल घरबहाल उपभोक्ता संघ हेटौंडा मकवानपुरले घरबहाल सम्बन्धि सचेतनामुलक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आगामी जेठ २०गते उपभोक्ता संघको आयोजना जिल्ला प्रहरी मकवानपुरको सहकार्य सामुदायिक प्रहरी सेवा उप केन्द्र , हेटौंडा १० को समन्वयमा कार्यक्रम हुने भएको हो ।
बिभिन्न स्थानबाट आएर घरभाडामा बस्नेहरु देखि घरधनी समेतलाई सुरक्षित राख्न र अपराधिक घटना न्युनीकरण हुन्छ भन्ने सोचले नै कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष समिरलाल डंगोलले बताए ।
स्थानीय तहले घर भाडाको दश प्रतिशत कर संकलन गर्दै आइरहेका कारण परेको मार अनि घरभाडा करको विषयमा परेको विवाद घरभाडामा लिएर बस्नेको परिचय खुल्ने आधार बिना घरमा राख्दा पर्ने समस्यका विषयमा जानकरी दिइने लगायतका विषयमा केन्द्रित कार्यक्रम रहने बताएका हुन् ।
अध्यक्ष डंगोलले भने ” अपराधिक घटना न्युनीकरणको उद्श्यमा सचेतनामुलक कार्यक्रम गर्दैछौं । घरधनीले भाडामा दिँदा परिचय खुल्नेगरि आधारहरु राखेर घरभाडामा दिँदा भविष्यमा आफ्नो घरमा बस्ने को हो ? काँहाको हुन् भनेर थाहा भयो भने भविष्यमा हुनसक्ने सम्भावित अपराधिक घटना न्युनीकरण हुन्छ । भाडामा बस्ने व्यक्तीहरुले पनि परिचय खुल्ने आधार दिँदा हामी तल झर्दैनौं । बरु इमान्दारिताको झल्को देखिन्छ ।”
अध्यक्ष डंगोलले बताए अनुसार हेटौंडा ४मा रहेको रोयल पार्टी प्यालेसमा जेठ २० गते बिहान ११ः ३० बजे घरभाडामा बस्नेहरुदेखि टोलबिकासका पदाअधिकारी, वडाकाका पदाअधिकारी, प्रहरी प्रमुख लगायतको उपस्थितिमा सचेतनामुलक कार्यक्रम हुने छ ।





















प्रतिक्रिया दिनुहोस्