बागमती प्रदेशको राजधानी हेटौंडामा मकवानपुर उद्योग वाणिज्य संघले गर्न लागेको मेलाको विषयमा केहीकार्यको बिरोध भएको छ ।
कपडा व्यवसायीहरुले “मकवानपुर उद्योग वाणिज्य संघ होसियार, व्यापार मेला चाहिदैन, व्यापारी मार्न पाइदैन,” भन्दै संघ अगाडीनै नारा लगाएका हुन्।
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ ११ गतेदेखि २३ गतेसम्म संचालन हुने व्यापार मेलाका केही कार्यको बिरोध गरिएको व्यवसायीहरुले बताएका छन् ।
कपडा व्यवसायीहरुले यसै विषयमा पिल्ला प्रशासन मकवानपुर र हेटौंडा उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।
उनिहरुले आफ्ना भनाई उल्लेख गरिएको पत्र प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डे र मेयर मिनाकुमारी लामालाई ज्ञापन पत्र बुझाएका हुन् ।
यता मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ ११ गतेदेखि २३ गतेसम्म व्यापार मेला संचालन हुने उद्योग वाणिज्य संघले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्