नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाले प्रतिस्पर्धामा एकल बहुमत ल्याउन सक्ने पार्टी एमाले मात्र भएको बताएका छन् ।

नेकपा एमाले हेटौँडा उपमहानगरपालिका वडा १६ नं. वडा कमिटीद्वारा हटिया चिसापानीम शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रतिस्पर्धामा एकल बहुमत ल्याउन सक्ने पार्र्टी एमालेनै भएको दावी गरे ।

राष्ट्रियताको रक्षा, लोकतन्त्र सुदृढीकरण, विकास, समृद्वि, सुशासन, शान्ति र स्थिरता एउटा पार्टीको बहुमतबाट मात्र सम्भव हुने भएकोले आउदो निर्वाचनमा एमालेका उम्मेद्वारले जित्नु अपरिहार्य रहेको रानाले बताए ।

पार्टी वडा अध्यक्ष सागर बाँस्तोलाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरू कमल विष्ट, दिलबहादुर घिसिङ्ग, जिल्ला कमिटी सचिव नवीन सिग्देल, जिल्ला सचिवालय सदस्यहरू सुनिल मुक्तान, सुमित्रा काफ्ले, राजन थापा, खेम जर्गामगर, मदनकुमार दाहालको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला कमिटी सदस्यहरू शंकर राई, नरहरि महत, राजकुमार तिमल्सिना, पार्टी उपमहानगर कमिटी अध्यक्ष शालिकराम पुडासैनी लगायतको उपस्थिति रहेको थियो ।