जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेर संविधानको धज्जी उडाएको बताएका छन् ।
बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित समारोमा बोल्दै गैरसंवैधानिक रुपमा अघि बढिरहेको टिप्पणी गर्दैै संसदको दुवै सदनबाट दोस्रोपटक स्वीकृत भइ पठाइएको नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको अध्यक्ष यादवले आरोप पनि लगाए ।
‘विधेयकलाई फेरबदल गर्ने अधिकार केवल संसदको भएको उल्लेख गर्दै राष्ट्रपतिले पुर्नविचारको लागि संसदमा पठाउन पाउने अधिकार मात्रै संविधानले सुरक्षित गरेको बताएका हुन्।
मुलुकमा अर्थतन्त्रलाई सुधारका निम्ति कृषि, पर्यटन र जलविद्युत क्षेत्रमा ध्यानदिन आवाश्यक रहेको अवगत गराउदै यादबले भने “दोस्रोपटक पुनः दुवै सदनबाट स्वीकृत भइसकेको विधेयक प्रमाणीकरण नगरेर, संविधान उल्लंघन गर्नुभयो । यस कदमले मुलुकमा दुरगामी असर पर्ने र यसैगरी राष्ट्रपति अघि बढ्ने हो भने, भोलिका दिनमा मुलुकको शान्ति प्रक्रियामा खलल पुुर्याउन नसकल्न भन्न सकिन्न ।”
राष्ट्रपति भएरपनि नेकपा एमालेको सामान्य कार्यकर्ताभन्दा माथि उठेर देश र जनताको लागि सोच्न नसकेको समेत आरोप छ ।
आफ्नो पार्टी समाजवादी लोकतन्त्र स्थापनाको लागि अघि बढेसंगै विभेदरहित सुन्दर र समृद्ध नेपाल निर्माण गर्ने एजेण्डा रहेको आफ्नो पार्टी रहेको बताए ।















प्रतिक्रिया दिनुहोस्