नेकपा एमाले, मकवानपुर जिल्ला कमिटी सचिवालयको बैठकले आउदो मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनको लागि तयारीमा जुटेको छ।
एमाले मकवानपुरको सचिवालय बैठक सम्पन्न गर्दै उम्मेद्वारको सिफारिसको लागि मिति, मापदण्ड र प्रक्रिया तोकेको जनाईएको छ ।
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनको लागि भाद्र १८ गते र १७ गते सम्बन्धित कमिटीको बैठक बसी सिफारिस गर्ने निर्णय गरेको हो ।
जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको सभाध्यक्षतामा र केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्तामा बसेको बैठकले उम्मेद्वारको अन्तिम सिफारिसको लागि १९ गते जिल्ला सचिवालय बैठक र २० गते जिल्ला कमिटीको पूर्ण बैठक बस्ने भएको जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताए ।
उनले बताए अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा समन्वय समितिमा सम्बन्धित क्षेत्रका जिल्ला सदस्य, पालिका कमिटीका पदाधिकारी, पार्टी वडा कमिटीका अध्यक्ष, आमन्त्रित सदस्य निर्वाचित पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष रहने विधानको व्यवस्था रहेको छ ।
उम्मेद्वार सिफारिस गर्दा पार्टीको नीति र कार्यक्रमप्रतिको प्रतिबद्वता, लोकप्रियता र विजयको सुनिश्चिता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशीता र निर्वाचन कानुन बमोजिमको योग्यतालाई ध्यान दिनुपर्ने केन्द्रीय निर्देशन रहेको बताईएको छ । बैठकले १ महिलासहित ३ जनाको सिफारिस गर्नसक्ने प्रावधान रहेको छ भने बैठकमा कमिटीका सदस्यहरूको महत्वपूर्ण सुझाव व्यक्त समेत गरेका थिए ।
बैठकले प्रतिनिधिसभा १ नं. मा अनन्त पौडेल, प्रदेशसभा क मा रामचन्द्र राई, ख मा गोपाल श्रेष्ठ, २ नं. डोरमणि पौडेल, प्रदेशसभा क मा नवराज तिमल्सिना, ख मा एकराज उप्रेतीलाई सहजकर्ता तोकिएको जनाईएको छ ।
बैठकमा केन्द्रीय सदस्यहरू जुनेली श्रेष्ठ, भारती पाठक, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, प्रदेश कमिटीका उपसचिव महेश बर्तौला प्रदेश सदस्यहरू लगायतको उपस्थिति रहेको थियो





















प्रतिक्रिया दिनुहोस्