चिनीयाँ राष्ट्रपतिद्वारा इजिप्टको चर्चमा भएको भीषण आगलागीप्रति समवेदना प्रकट बेइजिङ, ३१ साउन, (रासस-सिन्ह्वा) चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार इजिप्टका राष्ट्रपति अब्देल-फताह अल-सिसीलाई त्यहाँको चर्चमा भएको भीषण आगलागीप्रति समवेदना सन्देश पठाउनुभएको छ। सन्देशमा उहाँले चर्चमा आगलागी भएको घटनाले आफू स्तब्ध भएको बताउँनु भएको छ। चिनियाँ सरकार र जनताको तर्फबाट र आफ्नै व्यक्तिगततर्फबाट आगलागीमा मारिएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार र घाइतेहरूप्रति गहिरो समवेदना प्रकट गर्नु भएको छ। साथै राष्ट्रपति सीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ। रासस





















प्रतिक्रिया दिनुहोस्