Rato Samachar
Tue, 23 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

‘वल्के’ पर्वको चहलपहल सुरु

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जेठो पर्वका रूपमा मनाउने गरिएको ‘वल्के’ पर्वको चहलपहल धनगढी आसपासमा क्षेत्रमा पनि आजदेखि सुरु भएको छ । भाद्र सङ्क्रान्ति अर्थात भाद्र १ गतेका दिन मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । सङ्क्रान्तिका दिन मनाउने यो पर्वको तयारीका लागि प्रत्येक घरका गृहिणीलाई विभिन्न प्रकारका पकवान पकाउने सामग्री किनमेल गर्न भ्याइनभ्याई छ । धनगढी बजारका विभिन्न चोक–चौकामा सामान किन्नेको ठूलो भीडभाड देखिन्छ । गाउँ घरतिर टोल–टोलमा स्थानीयवासी कुटानी–पिसानीका लागि मिल धाउने काममा व्यस्त देखिन्छन् । यो पर्व सुरु भएसँगै वर्षा सकिने र हिलोमैलो पखालिने भन्दै घर–आँगन सरसफाइ गर्ने, लुगाफाटा धुनेलगायतका क्रियाकलापमा घरपरिवारका सदस्य जुटेका छन् । काम विशेषले तथा अध्ययन गर्न घरबाहिर रहेका पनि चाड मनाउन आ–आफ्ना घर फर्किन थालेका छन् । रोजगारीका लागि छिमेकी राष्ट्र भारतका ठूला सहर पसेका पनि पहिलो चाड भएकाले घरमै मनाउने भन्दै नेपाल भित्रिन थालेका छन् । यस चाडका दिन बिहानै नुहाइधुवाइ गरी आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीलाई सगुनको रूपमा दूध, दही र पिँडालुको कलिलो पात अर्थात ‘गाभा’, हरियो साग दिएर सम्मान गर्ने र आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा रहिआएको धनगढी–२ पुरानो भन्सार कटानका स्थानीयवासी कृष्णराज जोशीले बताउनुभयो । पर्वमा विवाहिता छोरीलाई माइती घरमा आमन्त्रण गरी लाउन, बाबर, गतानी डुब्का, बटुक मासे माणालगायतका स्थानीय खानाका पकवान पकाएर खुवाउने र खाने प्रचलन छ । परम्परागत भाषामा ‘गोरस, सितन’ अर्थात गाईभैँसीको दूध, दही जसका घरमा छैन त्यो घरमा गोरस भएकाले दूध, दही, मही बाँड्ने चलन गाउँघरतिर रहेको छ । “सुदूरका केही पहाडी जिल्लामा त यस चाडमा भङ्गेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिसेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्ग्याई रमाइलो गर्ने चलनसमेत रहेको छ”, जोशीले भन्नुभयो, “यसरी पिसेर लगाइएको भङ्गेरीको लेदोबाट बर्सातको समयमा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने विभिन्न छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास छ ।” चाडमा गाउँघरका युवकयुवतीका दौँतरी समूह समूहमा जम्मा भएर पिङ खेल्ने, देउडा खेल्ने, ठाडी भाका तथा लोकलयमा गीत गाउनेलगायतका क्रियाकलाप पनि गर्ने गर्दछन् । सहर बजारका युवकयुवतीका दौँतरी भने केही फरक किसिमबाट मनाउने गरेको पाइन्छ । उनीहरु साथी दौँतरीसँगको समूह बनाई धार्मिक तथा पर्यटकीय स्थल घुमघाममा जाने गरेको पाइन्छ । पछिल्लो समय भने यो पर्वको महत्व तथा विशेषताका बारेमा पाको उमेरका मानिसहरु जानकार रहे पनि नयाँ पुस्ताका युवकयुवतीमा भने आजभोलि यो चाडले खासै प्राथमिकता पाउन नसकेको अर्का स्थानीयवासी भक्तराज ओझा बताउनुहुन्छ । यो पर्व नेपालको सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउँ, गडवाललगायतका स्थानमा पनि मनाउने गरिन्छ । पर्वकै अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले भदौ १ गते अर्थात भोलि सार्वजनिक बिदा दिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुद, महिला फुटबलमा मकवानपुर र भक्तपुरबीचको खेल बराबरीमा रोकिँदै अंक बाँडियो

रातो समाचार संवाददाता

करैयामाइ गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी विरुद्ध पहिलो हाफमा आयोजकको अग्रता

रातो समाचार संवाददाता

हेटौंडा उपमहानगरको छात्रवृत्ति मापदण्डविरुद्ध स्ववियुको आपत्ति

लोकप्रिय



भर्खरै

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology