एक समयका क्रान्तिकारी कम्युनिष्ट नेता नेकपा मालेका महासचिव सीपी मैनालीले बिभिन्न पार्टीका कारण देश खाडलमा गएको बताएका छन् ।
नेकपा मालेको कार्यालय हेटौंडामा राजनीतिक भेटघाट तथा छलफल कार्यक्रम बोल्दै महासचिव मैनालीले यस्तो बताएका हुन् ।
वि। सं २०३५ साल पुस ११ मा स्थापना भएको नेकपा मालेको संस्थापक महासचिव मैनाली ०४७ सालपछि अन्य कम्युनिष्ट र मालेबीच एकीकरण भएर नेकपा एमाले गठन भएपछि एमालेको नेता बनेका थिए ।
०५४ साल फागुनमा एमाले फुटेर नेकपा माले गठन गरेपछि मैनाली पनि बामदेव गौतमसँगै मालेमै रहेका थिए । ०५८ साल फागुनमा बामदेव गौतम लगायतका एमालेमा फर्किए पनि मैनाली भने मालेमै रहेका हुन्
संसदमा पार्टीले कुनै सिट जित्न नसकेपनि मैनालीले हार खाएका छैनन् भने , हात्ती पनि जन्मदा सानो हुने संज्ञा दिदै कांग्रेसकै पछि लाग्न नपर्ने उल्लेख गरेका हुन् ।
CP Mainali मालेका महासिचव आए Hetaudaदेश खाडलमा परेको छ।कांग्रेसकै पछि किन लाग्ने? भन्दै यस्तो जवाफ।














प्रतिक्रिया दिनुहोस्