Rato Samachar
Sun, 14 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
राजनीति समाज

स्वदेशमा नै श्रम गर्न जनचेतना जगाउनुपर्ने : मन्त्री कुँवर

  • श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले स्वेदशमा नै रोजगारीको वातावरण बनाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आज वैदेशिक रोजगार र श्रमसम्बन्धी रहेका समस्याका सम्बन्धमा गरेको बैठकमा उहाँले स्वदेशमा नै श्रमिकलाई श्रम गर्न जनचेतना जगाउनुपर्ने बताउनुभयो । नेपालमा नै बाहिर मुलुक भारतबाट आएर श्रम गरिरहेको भन्दै उहाँले नेपालकै श्रमिक रोजगारका लागि विदेशमा गएर काम गर्नुपरेको उल्लेख गर्नुभयो । “नेपालमा नै श्रम बजार छ भनेर यहाँका श्रमिकलाई जनचेतना जगाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “नेपालमा नै विदेशमा गरे जतिकै श्रम पाइन्छ भन्ने कुराको जनचेतना गराउनु पर्दछ ।” उहाँले भारतलगायत देशबाट आएका कामदारले नेपालका विभिन्न उद्योग, कलकारखानामा काम गरिरहेको बताउनुभयो । उहाँले दक्ष सीप भएका जनशक्तिलाई मात्र वैदेशिक रोजगारमा पठाउनुपर्ने बताउनुभयो । समितिका सभापति विमलश्री वास्तवले यहाँका श्रमिकलाई विदेश नपठाइ स्वदेशमा नै रोजगारी सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो । “हामीले रोजगारका लागि बाहिर मुलुकमा श्रमिक पठाउने गर्दछौँ, तर हाम्रै मुलुकमा भारतबाट आएका श्रमिकले काम गरेर राम्रै आर्थिक उपार्जन गरिरहेका छन”, उहाँले भन्नुभयो, “मुलुकमा नै आन्तरिक श्रमिक व्यवस्थापन गर्नुपर्दछ ।” उहाँले आफूले एक स्टिल उद्योगमा अनुगमनका क्रममा जाँदा एक हजार दुई सय श्रमिकमध्ये आठ सय भारतीय श्रमिक पाएको जनाउँदै नेपालमा रहेका श्रमिकलाई विदेशमा पठाउनुभन्दा स्वदेशकै उद्योग, कलकारखानाका काममा लगाउनुपर्ने बताउनुभयो । श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले स्वदेशमा नै श्रमबजारको व्यवस्थापन गरिरहेको बताउनुभयो । उहाँले आन्तरिक रोजगार गर्नका लागि आन्तरिक रोजगार प्रवद्र्धन गर्न मन्त्रालयले काम गरिरहेको बताउनुभयो । अहिले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत एक लाख ४५ हजार एक सय १३ जनालाई स्वरोजगार बनाइएको उहाँको भनाइ थियो । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक उमाकान्त आचार्यले स्वदेशमा श्रमिकले राम्रोसँग काम नगर्ने भएकाले बाहिरबाट श्रमिक ल्याउनुपरेको उद्योगी व्यवसायीले बताएको जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगीहरुले स्थानीय श्रमिकले राम्रोसँग काम नगरेका गुनासो गरेका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले कोरोना भाइरसको समयमा वैदेशिक रोजगारमा जानेको सङ्ख्या घटे पनि अहिले फेरि बढेको बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा छ लाख ४२ हजार वैदेशिक रोजगारमा गएका थिए भने आर्थिक वर्ष २०७७÷७८ मा एक लाख ६६ हजारमा झरेको थियो । यस्तै आव २०७८÷७९ मा त्यो सङ्ख्या बढेर छ लाख २१ हजारमा पुगेको छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

बागमती प्रदेशका उत्कृष्ट चालक तथा सहचालकलाई यातायात मन्त्रालयको सम्मान, सबैभन्दा बढी सम्मान हुने मकवानपुरका चालक तथा सहचालक

रातो समाचार संवाददाता

किङ कोब्रोको टोकाइमा परेर हेटौंडा अस्पतालमा उपचारत राजेश गरिबलाई वार्डमा सारिँदै

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम, पाथीभरा मन्दिरको बाटोमा वृक्षारोपण

रातो समाचार संवाददाता

किङ कोब्रा (राजगोमन)सर्प उद्दारका क्रममा सर्पको टोकाईमा परेका राजेश थापाको हेटौंडा अस्पतालमा उपचार हुँदै

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology