Rato Samachar
Sun, 14 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

रासस आबद्ध प्रेस युनियन केन्द्रीय पदाधिकारी एवं सदस्यको स्वागत

  • नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनमा निर्वाचित राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत पदाधिकारी एवं केन्द्रीय सदस्यलाई आज रासस केन्द्रीय कार्यालयमा स्वागत तथा सम्मान गरिएको छ । नेपाल प्रेस युनियन रासस प्रतिष्ठान शाखाले आज यहाँ आयोजना गरेको कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र शाखाका अध्यक्ष मोहिनी मिश्र रिसालले खादा, माला र अबिर लगाएर सम्मान प्रदान गर्नुभएको थियो । नवौँ महाधिवेशनबाट खुला उपाध्यक्षमा केन्द्रीय कार्यालयका भीष्मराज ओझा, उपत्यका प्रतिष्ठान उपाध्यक्षमा केन्द्रीय कार्यालयका जीवन भण्डारी, केन्द्रीय सदस्यमा केन्द्रीय कार्यालयका छविलाल कुमाल, केन्द्रीय सदस्यमा दाङ तुलसीपुर शाखा कार्यालय प्रमुख नारायणी रजौरे र केन्द्रीय सदस्यमा निर्वाचित पाल्पा (रामपुर) का समाचारदाता सुशीला रेग्मीलाई फूलमाला एवं खादा लगाएर स्वागत तथा सम्मान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष झाले लोकतन्त्र रहेन भने प्रेस स्वतन्त्रता कायम नहुने उल्लेख गर्दै राससबाट युनियनमा प्रतिनिधित्व गर्ने पदाधिकारी एवं केन्द्रीय सदस्यले लोकतान्त्रिक मूल्य, मान्यताका विषयमा जानकार भएर केन्द्रीय समितिमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । “निर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यले राससलाई चिनाउन महत्वपूर्ण काम गर्ने विश्वास लिएको छु, आफ्नो अधिकार मात्र नभई राससको अधिकारका लागि पनि सबैले सोच्ने र काम गर्नुपर्ने अवस्था छ, पत्रकारिता नगरी युनियनलगायत प्रेससम्बन्धी सङ्घसंस्थामा बस्ने अधिकार रहँदैन”, उहाँले भन्नुभयो । नेपाल प्रेस युनियन रासस प्रतिष्ठान शाखाका अध्यक्ष मोहिनी मिश्र रिसालले नेपाल प्रेस युनियन प्रजातन्त्रवादी पत्रकारको संस्था हो भन्दै देश र प्रजातन्त्रका साथै रासस र सबै पत्रकारको हकहितमा काम गर्न नवनिर्वाचित पदाधिकारीलाई आग्रह गर्नुभयो । नवनिर्वाचित उपाध्यक्ष भीष्मराज ओझाले श्रमजीवी पत्रकारका मुद्दा र उनीहरुका हकहितमा युनियनले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा समाजवादी प्रेस सङ्गठनका कोषाध्यक्ष कृष्णराज गौतम, रासस प्रतिष्ठान शाखाका संस्थापक अध्यक्ष कृष्ण सापकोटा, नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाइँ, लगायतले श्रमजीवी पत्रकारको हकहितका पक्षमा काम गर्न युनियनका नवनिर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यलाई सुझाव दिनुभएको थियो । –––

रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

बागमती प्रदेशका उत्कृष्ट चालक तथा सहचालकलाई यातायात मन्त्रालयको सम्मान, सबैभन्दा बढी सम्मान हुने मकवानपुरका चालक तथा सहचालक

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसमा सर्प उद्दारकर्ता राजेश गरिबलाई सम्मान

रातो समाचार संवाददाता

किङ कोब्रोको टोकाइमा परेर हेटौंडा अस्पतालमा उपचारत राजेश गरिबलाई वार्डमा सारिँदै

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology