Rato Samachar
Fri, 23 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाज

लुम्बिनी प्रदेशसभा संसदीय समितिमा डेढवर्षमा नेतृत्व

लुम्बिनी प्रदेशसभामा विगत डेढवर्षदेखि नेतृत्वविहीन अवस्थामा रहेका विषयगत संसदीय समितिले आज बल्ल नेतृत्व पाएका छन् । प्रदेशसभामा रहेका सात विषयगत संसदीय समितिमध्ये विभिन्न कारणले रिक्त रहेका चार समितिमा आज सभापति निर्वाचित भएका छन् । रिक्त संसदीय समितिका सभापतिमा प्रदेशसभामा महत्वर्पूण समिति मानिने सार्वजनिक लेखासमितिको नेतृत्व प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पाएको छ । उक्त समितिको सभापतिमा एमालेका प्रदेशसभा सदस्य रहनुभएका विष्णु पन्थी हुनुभएको छ । यसअघि तत्कालीन नेकपा नेतृत्वमा प्रदेश सरकार रहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट डिल्लीबहादुर चौधरी यस समितिको सभापति हुनुहुन्थ्यो । नेकपा नेतृत्वको सरकारपछि बनेको गठबन्धन सरकारमा उहाँ सहरी विकास तथा पर्यटनमन्त्री बनेपछि यो समिति नेतृत्व विहीन बन्न पुगेको हो । यससँगै अन्य दुई समितिको नेतृत्व पनि एमालेले पाएको छ । एमालेले कृषि, वन तथा वातावरण समितिको सभापतिमा जाल्पा भुसाल र सामाजिक विकास समितिमा एमालेकै बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको प्रदेशसभामा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो । उहाँले विषयगत समितिमा नेतृत्व आफूहरुले विगतदेखि नै सहमतिका आधारमा चयन गर्न राखेको प्रस्ताव सत्तापक्षले बल्ल स्वीकार गरेको बताउनुभयो । यस्तै सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डेले प्रदेशसभा सदस्यबाट राजीनामा गरेर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएपछि सो पदसमेत रिक्त रहदै आएको थियो । प्रदेशसभाबाट राजीनामा गरेका पाण्डे केही समयमै राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । साथै कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादव तत्कालीन नेकपा विभाजन पश्चात बनेको शङ्कर पोखरेल नेतृत्वको सरकारमा जनता समाजवादीका तर्फबाट मन्त्री बनेपछि उक्त समितिको सभापति पनि रिक्त रहेको थियो । यस्तै सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाका सांसदले नेतृत्व पाएका छन् । सो दलले प्रदेशसभामा प्रतिनिधित्व गर्ने तारा जिसी अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा निर्वाचित हुनुभएको छ । प्रदेशसभामा राजमोका एक जना मात्र सदस्य हुनुहुन्छ । यसअघि अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने नेकपा विभाजनमा एमालेमा लागेकाले माओवादी केन्द्रले उहाँलाई प्रदेशसभा सदस्यबाट कारबाही गर्न सिफारिस गरेकाले सो पद रिक्त रहँदै आएको थियो । सार्वजनिक लेखामितिको सदस्यमा भोजप्रसाद श्रेष्ठ, बिमला पन्थी, धनकली चौधरी, रामजी घिमिरे, रेवतीरमण शर्मा, बैजनाथ कलवार, रमा अर्याल, पार्वती पुन गहतराज, गीता थापा रहनुभएको छ । प्रदेशसभामा ती समितिको निर्वाचन कार्यतालिकाअनुसार बुधबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रमअनुसार सबै समितिमा एकल उम्मेदारी परेका प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । उहाँका अनुसार आज निर्वाचन कार्यसूचीमा सबै समितिमा सभापतिमा निर्विरोध चयन भएको घोषणा गरिएकोसमेत प्रदेशसभा सचिव पुनले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लोकप्रिय

1

पेट्रोलदेखि भान्सासम्म महँगीको आगो : राहत माग्दै युवा अभियानता भोजराज संजेल

2

हेटौँडा फुटबल एकेडेमीका खेलाडी अस्मिर गोङ्बाले राष्ट्रिय लिग फुटबल खेल्ने

रोहित थापा क्षेत्री
3

फोहोर व्यवस्थापनमा लापरबाही भएको भन्दै हेटौंडा उपमहानगरमा शान्तिपूर्ण धर्ना, नगर प्रमुख लामाको अनुपस्थिति 

रातो समाचार संवाददाता
4

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए बिश्वासको मत

5

व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्छ वरिष्ठ नेता पौडेल

6

संचारकर्मी रोशन दिपको अभिनय रहेको हिन्दि म्युजिक भिडियो तडप २ सार्वजनिक

7

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

8

हेटौंडा बचत तथा ऋण सहकारीको २७औं बार्षिक साधारण सभा सम्पन्न

9

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

10

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी



भर्खरै

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

हेटौंडा बचत तथा ऋण सहकारीको २७औं बार्षिक साधारण सभा सम्पन्न

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology