Rato Samachar
Tue, 16 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

अध्यारोमा रात बिताउँदै तिङ्कर प्रहरी

दार्चुलाको त्रिदेशीय सीमा तिङ्करस्थित छायालेकका नेपाल प्रहरी अध्यारोमा रात बिताउन बाध्य छन् । चीनको सीमानजिकै बस्ने प्रहरीका लागि वैकल्पिक उज्यालोको व्यवस्थापन नहुँदा उनीहरु अध्यारोमा बस्न बाध्य भएका हुन् ।छायालेकमा उज्यालो नहुँदा प्रहरी राति ८ बजे नै सुत्ने गर्छन् । उज्यालो बनाउन मोबाइल बाल्नुपर्छ । मोबाइल चार्ज गर्न आधा घण्टा तल तिङ्कर गाउँ पुग्नुपर्छ । तिङ्करमा लघु जलविद्युत् छ । “प्रहरीमा भएको पुरानो सोलार बिग्रिएको रहेछ,” व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले भन्नुभयो, “चीनसँगको सीमामा बस्ने प्रहरी अँध्यारोमा बसेको देख्दा दुःख लाग्यो ।” राज्यले सीमा क्षेत्रमा बस्ने प्रहरीका लागि न्यूनतम सुविधासमेत पु¥याएको रहेनछ । नेपाल–चीन सीमा स्तम्भसम्म जाने जोसुकै पनि त्यही छायालेक प्रहरीकोमा गएर बास बस्छन् तर अँध्यारोमा बसेका प्रहरीको समस्याबारे सबै बेखबरजस्तै भएकाले आफूले त्यहाको प्रहरीका लागि सोलारको व्यवस्था गर्न पहल गर्ने उहाँले बताउनुभयो । “हामीले सीधैँ प्रहरीलाई दिन नमिल्ने रहेछ”, उपाध्यक्ष कुँवरले भन्नुभयो,“प्रक्रिया मिलाएर वडामार्फत दिने सोच बनाएका छौँ ।” जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रतिक विष्ट छायालेकका प्रहरीको लागि आफूले सक्ने सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“हामीसँग भएको स्रोत र साधनले भएजति ग¥यौँ तर सोलार किन्न पैसा हामीसँग हुँदैन् ।” विद्युत् र सौर्य ऊर्जा नभएकै कारण छायालेकका प्रहरी तीन चार दिनमा मात्रै जिल्लासँग सम्पर्कमा आउने गर्छन् । विद्युत्कै समस्याका कारण उनीहरुले नै जिल्ला कार्यालयमा सम्पर्क गर्न खोजेमात्रै सम्पर्क हुने गर्छ । चौकीमा रहेको सञ्चार सेट तिङ्कर आएर चार्ज गर्नुपर्छ । फोनले काम गर्दैन । अहिले तिङ्कर गाउँमा नेपाल टेलिकमको एनटी सेट लाइन जडान गरे पनि प्रहरीले आफन्त तथा घर परिवारसँग कुरा गर्न पनि तिङ्कर गाउँ आउनुपर्ने बाध्यता छ ।त्यहाँका प्रहरीले खाना पकाउन दाउरा नपाउँदा माटोभित्र पाइने जरा खनेर खाना पकाउन बाध्य भएका छन् । प्रहरी चौकीभन्दा जङ्गल निकै टाढा छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

मनहरीलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास गरिँदै, देशकै ठूलो गौतम बौद्धको मूर्तीसँगै भ्यु टावर बन्दै, मध्यवती क्षेत्रको जङ्गली जनावरबाट भने स्थानीय त्रसित

रोहित थापा क्षेत्री

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

बागमती प्रदेशका उत्कृष्ट चालक तथा सहचालकलाई यातायात मन्त्रालयको सम्मान, सबैभन्दा बढी सम्मान हुने मकवानपुरका चालक तथा सहचालक

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसमा सर्प उद्दारकर्ता राजेश गरिबलाई सम्मान

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

मनहरीलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास गरिँदै, देशकै ठूलो गौतम बौद्धको मूर्तीसँगै भ्यु टावर बन्दै, मध्यवती क्षेत्रको जङ्गली जनावरबाट भने स्थानीय त्रसित

रोहित थापा क्षेत्री

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology