प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा जनवादी गायक जीवन शर्माको एकल साँझ सम्पन्न भएको छ ।
लेखक संघको आयोजना उपमहानगरपालिका ४ मा रहेको रोयल पार्टी प्यालेसमा जनताका मनोभावनालाई लयका माध्यमले बोल्दै आएका शर्माको हेटौँडामै पहिलो एकल गायन प्रस्तुति सम्पन्न भएको हो ।
२०३६ साल पश्चात नेपालका हरेक भुभागमा पुगेर गीतहरू मार्फत् जनताहरू लाई सुसूचित र राजनीतिक रुपमा सचेत बनाउन लागि रहेका शर्माका दुई हजारभन्दा बढी गीत रेकर्ड छन् ।
शर्माले ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको‘’, ‘झरनाको चिसो पानी‘।’, ‘चाहिँदैन मलाई सिसाको महल‘’ लगायतका गीतहरूले जनताकै मन जितेका थिए ।
कार्यक्रममा विद्यार्थी, शिक्षकहरु, राजनितिज्ञ, सहित्यकारहरु र मकवानपुरको भित्रिभेगबाट समेत आएका थिए ।
प्रगतिशील लेखक सङ्घ मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीको सभाध्यक्षता बागमती प्रदेश मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्तामा सम्पन्न कार्यक्रममा उपस्थित व्यक्तीत्वहरु गित सगैे रमेका थिए ।
संघ अध्यक्षले शर्माको एकल साँझ कार्यक्रममा उपस्थित हुने सम्पूर्णलाई धन्यवाद दिए ।

















प्रतिक्रिया दिनुहोस्