हेटौंडा उपमहानगरपालिकाको नवनिर्वाचित मेयर तथा उपमेयरले कार्यभार सम्हालेसँगै पालिकाद्धारा स्वागत योग्य निर्णय भएको छ ।

सोमबार मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले शपथ गराएपछि मेयर मिना कुमारी लामा र उपमेयर राजेश बानियाँले कार्यभार सम्हाल्दै जनताको चाहाना र जनताको मनोभावाना अनुसार काम गरिने बताएका थिए ।

सोही क्रममा कार्यभार सम्हाल्दै पिहलो दिनमै विपन्नलाई स्वास्थ्य बीमा, बिजुली र पानी निःशुल्क दिने लगायतका पाँच वटा निर्णय गरिएको छ ।

उनीहरु हेटौंडा ११ शहीद स्मारकमा पुगेर शहीदहरुको प्रतिमामा माल्यापर्ण गर्दै उपमहानगरपालिका आएर कार्यभार सम्हालका हुन्।
सोही दिनमा अतिविपन्न १ हजार ५ सय ४१ घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने, मासिक १५ हजार लिटर खानेपानी, २५ युनिट बिजुली निःश,ल्क उपलब्ध गराउने निर्णय मेयर लामाले गरेकी हुन् ।

यस्तै आर्थिक अवस्थाका कारणले शिक्षा हासिल गर्नबाट बञ्चित विद्यार्थीलाई मेयर छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने, सडक विस्तार गर्ने क्रममा सडकमै रहेका विद्युतका पोलहरु सार्ने निर्णय पनि गरिएको हो।

 

वैशाखमा ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट हेटौँडाको पहिलो महिला मेयरका रुपमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी लामा निर्वाचित भएकी हुन् ।

प्रतिवद्धतालाई कायम राख्ने र भचने अनुसार काम गर्ने बताउदैआर्थिक अवस्थाकाले शिक्षा हासिल गर्नबाट बञ्चित विद्यार्थीहरुलाई प्रोत्साहन र सहुलियत दिन मेयर छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको बताइन् ।