हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका विजयी भएको छ।

बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना अनुसार मेयर पदको उम्मेदवारमा गठबन्धनबाट नेकपा एसको मिना कुमारी लामा र नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएका हुन्।

३१ गते शनिबार बिहान ८ बजेदेखी सुरु भएको मत गणनाको परिणाम आउदै गर्दा नै जेठ ६ गते शुक्रबार केही मत गणना बाँकी रहदै विजयी घोषणा गरिएको थियो ।

हेटौंडा उपमहानगरको मेयरमा  गठबन्धनका लागि बिभिन्न दलहरु बसेर छलफल गर्दा उपमहानगरको नेतृत्वको अम्मेदवार बनाउने सौभाग्य एसले पोल्टामा पारेपछि प्रतिगमन विरुद्धका लागि र नेकपा एमालेको किल्ला तोड्ने भन्दै मिना कुमारी लामालाई मेयर पदको उम्मेदवार बनाईयो ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, तथा राष्ट्रिय जनमोर्चाबाट साझा उम्मेदवार बनेर एकीकृत समाजवादी मकवानपुरके उपाध्यक्ष लामाले उपमहानगरमा नेतृत्व लिने दौडमा होमिने साहस गरिन्।

सत्तारुढ दलिय गठबन्धको कुरामा धेरै छलफल भयो ।
मेयर बन्ने सोचमा अघि सर्नेको लाइन नै लाग्यो । कांग्रेसको तर्फबाट आनन्दराम पराजुली उत्सव इटेनी पनि अघि सरेका थिए ।

निष्कर्षमा गठबन्धबाट नेकपा एसको तर्फबाट मकवानपुरको हेटौंटा उपमहानगरमा महिलाको नेतृत्व गराउने र कांग्रेसका हेटौंडा वडा नम्बर ५ को वडाध्यक्ष भएर ५ वर्ष काम गरेका राजेश बानियाँलाई उपमेयर बनाई नेकपा माओबादी केन्द्रलाई थाहा नगरको नेतृत्वमा स्थापित गराउने भन्दै सफिारिस गरियो ।
केही वडामा माहोवादी रहन मञ्जुरी भएर प्रमुख भुमिहामा लगभग माओवादी सुन्य नै भयो । तर, पनि सहमती जनाए ।

तर, एसमा आवद्ध मकवानपुरका अध्यक्ष सहित जिल्ला सचिवालय सदस्य लगायतले पार्टी छाडे ।

एस स्थायी कमिटिका सदस्यहरुले आफ्नो घरबाट पार्टी सञ्चालन गरेर स्वार्थ पुरा गर्नको लागि पार्टीलाई ध्वस्त बनाएको आरोप लगाए ।

समाजवादी त्यागेका श्री धर पोख्रेल एमालेमा प्रवेस गरे ।

लामाको प्रतिद्धन्दि नेकपा एमालेबाट अनन्त पौडेल भए ।

२०७४ को निर्वाचनमा नेपाली कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै एमालेबाट उम्मेदवार बनेका हरिबहादुर महत विजयी भएकै देखाएर आफ्नै किल्ला हुने दावी एमालेको रहयो ।

आफ्नो पार्टी नै जनताको काम गर्ने पार्टी भएकाले जनताले सातै छाप आठ सुर्य मत दिने विश्वास रहेको भन्दै एमाले अघि बढ्यो ।

फेरी राप्रपाबाट एक्कासी दीपक बहादुर सिंहले मेयरको उम्मेदवारी दिएर विचमा इन्ट्रि मारे!

गठबन्धनले साथ दिने वाचा र सहमतीको आधारमा अघि बढेपनि केही व्यक्तीहरु रुष्ठ पनि भएका थिए।

राजेश बानियाँ उम्मेदवार बनेपछि चुनावी मैदानमा टेवा पुग्ने र बाजी आफ्नै हातमा हुनेमा लामा ढुक्क भइन् ।

 

भिडन्तमा महिला भएपनि साहास बटुलेर मिना  मैदानमा रहिन् । ।

यो चानचुने कुरा थिएन ।

समाजबादीलाई भने चिठ्ठा पर्यो । 

एमाले तर्फपनि उस्तै हालत । मेयर र उपमेयर ताक्नेहरु उम्मेदवार बन्न पाएनन् ।
त्यसमा पनि केही रुष्ठ भएनन् भन्न सकिने अवस्था रहेन ।

चुनावी युद्धमा २ पक्षिय भिडन्तको तयारी थियो । इन्ट्रि भयो राप्रपका दिपक बहादुर सिंहको । छोटो समयमा सिंहले मेयरमा बाजी मार्न निक्कै दौडधुप गरे ।
२ पक्षियको बिचमा इन्ट्रि मारेका सिंहमा कसैको ध्यानै पुगेन ।
बैसाख ३० गते निर्वाचन सम्पन्न भयो । सबैवडाका मतपेटिका हेटौंडा २ सिद्धार्थ उच्च माबि मा ल्याइएपछि बैसाख ३१ गते सिबहान ८ बजेदेखि मत गणना सुरु भयो ।
२०७४ को निर्वाचनमा मेयर, उपमेयर देख १२वटा वडा जितेकाले एमालेनै विजयी हुने दाबी गरिरहे ।
मतगणना सुरु भएपछि बिस्तारै एमाले पछि परेर एकाएक राप्रपाले अग्रता लिएपछि हेटौंडा तरंगित भयो ।

त्यसमा पनि गठबन्धको तर्फबाट मेयर र उपमेयर उम्मेदवारको मतमा पनि निक्कै मतान्तर भयो ।
त्यतिनै बेला नेकपा एमाले र गठबन्धन विचमा इन्ट्रि मारेको राप्रपका उम्मेदवार सिंहले एकाएक अगैता लिए । कसरी अग्रता लिए रु यहि मुख्य चर्चाको विषय बन्यो । मत गणना जारी रहयो । धेरैले राप्रपा नै मेयर बन्ने आकलन गरे ।

आखिर कलममा मसी भरीयो

क्रमसः पटिल्लो समय जति मत गणना गर्यो त्यतीनै लामाको मत बढ्न थाल्यो । लोकप्रियमत प्राप्त गर्न थालिन् ।
मत गणनाको करिब करिब अन्त्य तिर पुग्दा केही वडाको मत गणना गर्न बाँकी रहदै एमाले तर्फका उम्मेदवार अनन्त पौडेल र उपमेयरको उम्मेदवार सुमित्रा काफ्लेले शुभकामना दिए थिए ।
मेयर लामा र उपमेयर बानियाँलाई विजयी घोषणा गरियो ।
मतगणना बाँकी हुँदै सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको थियो ।

हेटौंडा उपमहानगरपालिकामा ७३ हजार ४ सय १४ मत खसेको थियो ।

उपमहानगरबासीको लोकप्रिय बन्दै मकवानपुरकै पहिलो महिला मेयर बन्न सफल लामाले मतगणनाको अन्तिम मत परिणाम अनुसार २३,०७५ मत पाएर विजयी भइन् ।
नेकपा एमालेका अनन्त पौडेलले  २० हजार ९ सय ८ मत  मत पाए ।
इन्ट्रि मारेका दिपक बहादुर सिंहले २० हजार ५ सय ३१ मत प्राप्त गरेर पछि परे ।
उपमेयरमा राजेश बानियाँले ३२,५९३ मत पाएर बिजयी भए ।
नेकपा एमाले तर्फको उपमेयर की सुमित्रा काफ्लेले २३९०९ मत पाइन् राप्रपाकी इन्दिरा न्यौपाने डल्लाकोटीले ५४८३ मत ल्याइन् ।
लामाले लोकप्रिय मत पाएर मेयर बनि सकेपनि मतान्तरको एउटा विषय बनेको छ ।
गठबन्धनमै ९,५१६ मतान्तर छ ।

एमाले तर्फको उम्मेदवार मेयर पौडेल र उपमेयर काफ्लेको 3001 मतान्तरछ ।
राप्रपाको मेयर र उपमेयरमा पनि १५,०७८ मतान्तर छ ।
यहीमत अन्यत्रबाट तानिएको हो भनिएको छ ।

मतान्तर आकलनले पनि नेपाली कांग्रेस तर्फको मत हलो तर्फ गएको हो भन्ने धेरेको आकलनमा परेको अवस्था रहेपनि मेयरमा लामाले बजी मारेकी हुन् ।
समाजवादीको तर्फबाट मेयरको उम्मेदवार लामा आखिर मेयर बनेकी छन्।
समाजबादीको दमदार इन्ट्रि भएको छ । एकान्ट उपमहानगर मै खुलेको छ।
हेटौंडा उपमहानगरमा नेतृत्वकालागि महिलानै आएकी छन् ।
लामालाई महिला मतदाताले महिलाका क्षेत्रमा उनले गरेको कार्यका कारण आधार तयार भएको हो भन्ने अनुमान गर्नेहरु पनि त्यतकै भेटिएका छन् ।
पहिलो पटक महिला मेयर पाएको हेटौंमा उपमेयर भएर गरेको कामले जनताले पठाएको हो भन्नेहरुको कमी छैनन् । नगरमा सोचे जस्तो काम हुनेमा ढुक्क समेत छन् ।

अब लामा मेयर बनिसकेकी छन् । उनलाई चुनौतीको सामना समेत छ । अबको ५ वर्षमा कस्तो परिवर्तन र के के काम गर्न सक्छिन् त्यो भने पछिको कुरा हो । उपमहानगरमा भने जस्तो काम होस् भन्ने हामी पनि ्यहि आशामा छौं ।

हार्दिक बधाई अनि शुभकामना ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

हार्दिक बधाई अनि शुभकामना ।