बैसाख ३० गते अर्थात भोली शुक्रवार हुन गइरहेको स्थानीय तह निर्वाचनका  लागि निर्वाचन आयोगले मतदातालाई परिचयपत्र वितरण समेत गरिसकेको छ ।

आयोगले मतदातालाई मतदाता र परिचयपत्र हराएको भन्दै दिएको निवेदनका आधारमा र नयाँ मतदाता नामावलीमा नाम दर्ता गराएकाहरुलाई मतदान स्थलबाट मतदाता परिचयपत्र वितरण गरेको हो ।

मतदानकालागि नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा मतदाता नामावलीका आधारमा मतदान गर्न पाउने आयोगले जनाएको छ ।

शुक्रबार हुने निर्वाचनमा कसैको डर, त्रास नमानी निर्धक्कका साथ मतदान गर्न आयोगले आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले पनि भयरहित र शान्तिपुर्ण मतदान गराउनका लागि सुरक्षा व्यवस्था गरेको छ ।

यसैक्रममा मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले जिल्लामा मतदान सफल बनाउन सुरक्षाको व्यवस्था मजबुत गरिएको बताएका छन् ।
मतदाताहरु घरदेखि मतदान स्थल सम्म पुगेर मतदान गरि घरसम्म सुरक्षित पुगुन भनेर हरेक स्थानमा आवाश्यक प्रहरी परिचालनको व्यवस्थामा रहेको बताए ।
कुनै कानुन विपरित कार्य नहोस भनेर प्रहरीको तर्फबाट गर्नुपर्ने कार्यमा कुनैकमी नहुने र जिल्लालाई शान्तिपुर्ण  मतदान  बनाउ प्रहरी चनाखो रहने प्रवक्ता कार्कीले बताएका हुन् ।

#Election#makwanpurनिर्वाचनडिएसपी@Tek Karki।भन्छन् सुरक्षाको व्यवस्था मजबुत छ।के छ त?#ratosamachar