बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु आफ्ना योजना सुनाउदै आफूनै योग्य भएको र आफुहरुले नै जनताको कामगर्ने दावी गरिरहेका छन्।
नजकीदै आइरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनर गर्दै उम्मेदवारहरु घरदैलो अभियानमा उम्मेदवारहरु मतदाताको घरघरमा पुगिरहेका छन् ।
गठबन्धनबाट नेपाली कांग्रेस तर्फका हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ वडाध्यक्षका उम्मेदवार बिष्णुगोपाल महर्जन समृद्ध वडा निर्माणको योजना सहित मतदाताको घरघरमा पुगेका छन् ।
व्यावसायिक संघ, तथा बिभिन्न संघ संस्थामा आवद्ध रहेर सामाजिक सेवा समेत गर्दै आएका महर्जन हेटौंडा उपमहानगरपालिकाबाटै सेवानिवृत्त इन्जिनियर वडाध्यक्ष उम्मेदवार महर्जन र नेकपा एस तर्फबाट महिला वडा सदस्य तारा ढुङ्गाना, नेपाली कांगे्रस तर्फबाट दलित महिला वडा सदस्य मैया परियार, नेकपा माओबादी तर्फका वडा सदस्य इन्द्र प्रसाद रिजाल, नेपाली कांगे्रस तर्फबाट सुरज बर्तौला सहित मतदाताको घरघरमा पुगिरहेका हुन् ।
लामो समय कम्युनिष्ठ आस्थामा रहेका महर्जन पछिल्लो समय नेपाली कांग्रेस प्रवेश गरेपछि पार्टीले उनलाई वडाध्यक्षको उम्मेदवारको सिफारिस गरेपछि गठबन्धनको तर्फबाटउम्मेदवार बनेका
महर्जनले पार्टीको बिधि र बिधानमा रहेर जनताको हकहितमा काम गरि पार्टी र जनताको मन जित्ने प्रतिवद्धता जनाइरहेका छन् ।
चुनाव प्रचारका लागि मंगलबार राती मध्यान्न १२ बजेपछि निषेधित हुने भएकाले पनि र्याली सहित प्रचार प्रसालाई तिब्रता दिदै वडाध्यक्ष उम्म्ेदवार महर्जन सहित टोलीनै वडा नम्बर २ परिक्रमा गरेका छन् । चुनाव प्रचार प्रसारलाई तिब्रता दिदै निर्वाचित भएमा ५ वर्ष भित्र वडामा गर्नुपर्नेकार्य र वडाबासीको सल्लाहा अनुसार सम्पुर्ण कार्य गरिने बताएका हुन् ।

















प्रतिक्रिया दिनुहोस्