बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरू चुनाव केन्द्रित भएका छन् ।
राजनितिदल, स्वतन्त्र र बागी उम्मेदवारी समेत दिएका छन् ।
यसैक्रममा हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि दलहरुको पक्षबाट नजिकीदैरहेको निर्वाचनमा गठबन्धनबाट उपमहानगरको नेतृत्वमा नेकपा एकीकृत समाजवादीको तर्फबाट मिना कुमारी लामा नेकपा एमालेबाट अनन्त पौडेल र राप्रपाबाट दीपक बहादुर सिंह चुनावी युद्धमा छन् ।
दलहरुको पक्षबाट उम्मेदवारको त्रिपक्ष भिडन्तका विचमा मेयरका लागि स्वतन्त्र उम्मेद्वार बन्दै लिलाकुमारी आचार्य बबिता पनि मैदानमा छिन् ।
उपमेयर पदकालागि भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका राजेश बानियाँ नेकपा एमालेको तर्फबाट सुमित्रा काफ्ले राप्रपाको तर्फबाट इन्दिरा डल्लाकोटी न्यौपाने मैदानमा छन् ।
यसैबिच स्वतन्त्र उम्मेदवारका रुपमा सुरज पाण्डे उप–मेयरका लागि होमिएका छन् ।
मेयरकालागि २ महिला १ पुरुष नेतृत्व लिन तम्सिएका छन् भने उपमेयरकालागि २ महिला १ पुरुष अघि सरेका हुन् ।
दलहरुको विच परेको भिडन्तमा मेयरकालागि बबिता र उपमेयरकालागि पाण्डे होमिएका हुन् ।
सबै उम्मेदवारहरुले आफ्नो कार्ययोजना सहित टोलीनै घरदैलो अभियानमा व्यस्त छन् ।
यसैविच राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेटौंडा उपमहानगरको उपमेयरको उम्मेदवार इन्दिरा न्यौपाने डल्लाकोटीले भ्रष्ट्राचार भुक्त गर्ने सुसासन व्यवस्थित उपमहानगर बनाउने प्रतिवद्धता सहित मतदाताको घरघरमा पुगेकी छन् ।
राप्रपा मकवानपुर अध्यक्ष समेत रहेको इन्दिराले आफुले प्राप्त गरेको राजनिति तर्फको शिक्षा प्रयोग गर्नकालागि सिद्धान्त अनुसारकै पार्टीको तर्फबाट उम्मेदवार बनेको इन्दिरा बताउछिन् ।
उपमहानगरमा भएको अराजकता, भ्रष्ट्राचार अनि न्यायीक समितिमा भएको व्यक्तीबादी भएर न्यायका निम्ति काम पनि हुन नसकेको वेथितिको अन्त्य गर्न आफुले उम्मेदवारी दिएको उनको भनाई छ ।
राजनीति शास्त्रमा मास्टर डिग्री गरेको र विगत १८ बर्षदेखि राजनीतिमा सक्रिय भएर काम गर्दा समाजमा भएको हुनेगरेको बिभिन्न समस्या के कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने जानकारी भएकाले निश्पक्ष ढङ्गले जनताकै काम गर्न उम्मेदवारी रहेको बताउछिन् ।
इन्दिरा भन्छिन् “पहिले देखिनै सामाजिक क्षेत्रमा काम गरेको बानी छ । अहिले पनि काम गर्न खोजेकी हुँ । लैङ्गिक समानता बिकशित उपमहानगर निमार्ण गर्ने र सोच हामीले बनाएका हौँ । वृद्धवृद्धाहरुले पाइरहनुभएको सामाजिक सुरक्षा भत्ता सहजै घरघरमा पुर्याइने योजना हामीले बनाएका छौँ । भौतिक पुर्वधार निमार्ण बालबालिकाका लागि शिक्षा युवाहरुलाई रोजगारी बनाउन बिभिन्न तालिमको व्यवस्था गर्ने वृद्धवृद्धाकाको स्तरोन्नती एवं व्यवस्थापन पक्षलाई विशेष प्राथमिकता राख्ने योजना छ । करिब १ सय ५ जना असहाय, अनाथ बालबालिकालाई संरक्षण दिएरे, सहाराबिहिन महिलालाई आवासीय सुविधा दिइरहेको उल्लेख गर्दै जनतको लागि नै ५ वर्ष खर्चिन खोजेकी हुँ । मैले गरेको काम देखेर पनि मलाई जिताउनुहून्छ भन्ने विश्वास छ ।”

















प्रतिक्रिया दिनुहोस्