बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकाको मेयरमा त्रिपक्ष भिडन्तमा रहेको छ ।
नजिकीदैरहेको निर्वाचनमा गठबन्धनबाट उपमहानगरको नेतृत्वमा नेकपा एकीकृत समाजवादीको तर्फबाट पहिलो पटक महिला मेयरका लागि मिना कुमारी लामा नेकपा एमालेबाट अनन्त पौडेल र राप्रपाबाट दीपक बहादुर सिंह चुनावी युद्धमा छन् ।
जिल्ला र केन्द्रसम्मकम नेता र कार्यकर्ताहरु गठबन्धनको जित भनिरहेका छन् भने एमालेले किल्ला बनाउने भन्दै आइरहेको अवस्थामा राप्रपा पनि जनताले खोजेको नेतृत्व गर्ने भन्दै होमिएको छ ।
दलहरुको पक्षबाट उम्मेदवारको त्रिपक्ष भिडन्तका विचमा मेयरका लागि स्वतन्त्र उम्मेद्वार बन्दै लिलाकुमारी आचार्य बबिता पनि मैदानमा छिन् ।
उपमहानगरको मेयर पदको उम्मेदवार मीनाकुमारी लामा पनि यतिबेला चुनावी अभियानमा मतदाताको घरघरमा पुग्न व्यस्त छिन् ।
कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, तथा राष्ट्रिय जनमोर्चाबाट साझा उम्मेदवार बनेकी लामा एकीकृत समाजवादी मकवानपुरकी उपाध्यक्ष लामाले उपप्रमुखको जिम्मेवारीमा गरेको अनुभव प्रयोग गरेर उपमहानगरमा नेतृत्व लिने दौडमा यतिबेला होमिएकी हुन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरको उप–मेयरमा विजय हासिल गरेकी थिइन् ।
को हुन मिना कुमारी लामा ?
बुवा शुक्रवीर लामा र आमा सीतादेवी लामाको जेठी छोरीको रुपमा २०३३ साल पुष २७ गते हेटौंडा ११ नवलपुरमा जन्म भएको मीना कुमारी लामाको बाल्यकाल अवस्था सामान्य साधारण रुपमा बित्यो ।
२०४६ सालबाट विद्यार्थीजीवनबाटनै राजनितीमा यात्रा सूरु गरेर हेटौंडा ११ नवलपुर स्थित त्रिभुवन माविबाट एसएलसी गरेपछि मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एम.ए. र हरी खेतान बहुमुखी क्याम्पस वीरगन्जबाट एल.एल.बी.सम्मको अध्ययन गरी राजनीतिक यात्रामा अगाडी बढिन् ।
२०५२ मा अनेरास्ववियू मकवानपुरको जिल्ला कोषाध्यक्ष भई काम गरेर राजनितीसँगै अध्ययनलाई अगाडी बढाउदै २०५४ सालमामा हेटौंडा १ का सुनकुमार लामासंग विवाह भयो ।
श्रीमान् तथा घरपरिवारको साथ सहयोग बाटै दुई सन्तानकी आमा मीनाले अध्ययन, राजनीति र पारिवारिक जीवनलाई सफलतापूर्वक चलाएर राजनीति संगै अघि बढेकी मीना २०७१ सालमा तत्कालीन एमाले मकवानपुरको उप–सचिव र विद्यार्थी इन्चार्ज भई जिम्मेवारी बहन गरिन् ।
२०७१ सालमा अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला सचिव २०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघको केन्द्रीय सदस्य, आदिवासी जनजाति जिल्ला समन्वय समिती मकवानपुरको उपाध्यक्ष समेत भएकी हुन् ।
………………………………..
बालविकासको क्षेत्रमा कार्य गर्ने बालबालिका तथा महिलाका क्षेत्रमा काम गरेको भएर हरेक सुख, दुखले आफूलाई निक्कै छुने गरेको उनी बताउँछिन् ।
विगतमा सन् २०१८ देखि लाइन्स क्लब अफ पाथिभराको सदस्य विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील रहेर नेपाल, छिमेकी देश चीन, भारत र कोरियाको भ्रमण गरेपनि नेपाल र नेपालीको मोहो र आफ्नो पालिका समृद्ध बनाउने योजना रहेको बताउछिन् ।
उपमहानगरको विभिन्न वडाका घरघरमा पुगेर सिंगो उपमहानगरको विकास गर्नका लागि आफूले कार्य सम्पादन गरी जनताको मनमा बस्नेगरि काम गर्ने बताइरहेकी छन् ।
सामाजिक क्षेत्र देखेको त्रिभिन्न समस्या अनुभव, राजनीतिक क्षेत्रमा आफूले निर्वाह गरिरहेको भूमिका, घरपरिवार, बालबालिका, महिला सबै क्षेत्रबाट पाइरहेको हौसला र गठबन्धनका तर्फबाट उम्मेदवार बनेपछि जनताले बिश्वास गरेर दिएको मत खेर जान नदिने नगरबासी समक्ष प्रतिवद्धता जनाइरहेकी छन् ।
लामा भन्छिन् चुनाव जित्छौं भन्नेमा विश्वस्त छौं । ‘उपमहानगरमा गठबन्धनका तर्फबाट मलाई उम्मेदवार बनाइएको छ । मैले उपमेयर भएर गरेको कामले मलाई जनताले मेयरमा आएर काम गर्नु भन्न् भएको छ । म निर्वाचित हुनु भनेको उपमहानगरबासीले चाहे अनुसारको काम गर्छौं ।

















प्रतिक्रिया दिनुहोस्