मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको आज अनुगमन गरिएको छ ।

जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिले जिल्ला प्रशासन कार्यालय मकवानपुका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे सहितको टोलीले अस्पताल क्षेत्र लगायतका स्थानहरुमा अनुगमन गरेका हुन् ।

कोरोना भाइरस संक्रमणका विरामी थपीदै गएपछी अस्पतालमा बिरामीको चाप  बढेको अवस्था  फैलिरहेको कोभिडको अवस्थामा हेटौंडा अस्पतालमा बिरामीको उपचार र यसको व्यावस्थापनका विषयमा जानकारी लिन र व्यवस्थपनमो चासो राख्दै प्रमुख जिल्ला अधिकारी पाण्डे, हेटौँडा उपमहानगर मेयर हरि बहादुर महत, नेपाली सेना, ससस्त्र प्रहरी, जनपथ प्रहरी लगायतकाले अनुगमन गरेका हुन् ।

अनुगमन टोलीले हेटौंडाको बसपार्क क्षेत्र र थानाभर्याङको खोप केन्द्रको पनि अनुगमन गरिएको थियो ।

हेटौंडा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएसंगै ओपीडी सेवाको समय घटाइएको र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि थप समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईले बताए ।

कोरोना फैलिएसंगै यसको न्यूनीकरणमा स्थानीय सरकारको पुर्ण पहल रहने मेयर महतले बताए ।
उनले सबै पक्ष एक जुट भएर लाग्नका लागि आग्रह गर्दै हेटौंडाको गोरक्षश्वरमा दैनिकी एन्टीजेन र पीसीआर परिक्षण गरिरहेको बताए ।