मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम मधेश कायम भएसँगै मधेसी जनताको एउटा ठूलो सपना पूरा भएको बताएका छन् ।

प्रदेशसभाको बैठकबाट मधेस प्रदेश नाम राख्ने प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएपछि मधेशी जनताको ठूलो सपना पूरा भएको धारणा व्यक्त गरेका हुन् ।
भावना र चाहनाअनसार नै मधेश प्रदेश कायम भएको र सबैको गौरवको कुरा भएकाले शहीदहरुको सम्मान भएको उनको भनाइ छ ।

मधेश प्रदेश स्थापनाका लागि सहयोग पुर्याउने सबैमा धन्यवाद ज्ञापन गर्दै प्रदेशवासी, देशवासीमा बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन् । प्रदेश सरकार गठन भएको चार वर्षपछि नाम मधेस र राजधानी जनकपुरधाम प्रदेशसभाबाट पारित भएको हो ।

यसअघि २०७६ ३ चैतमा मतदान भए पनि प्रदेशको नामकरण हुन सकेको थिएन ।

सोमबार बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले पक्षमा मत दिए ।

सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए ।

जसपाको ३९, माओवादीको ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो भने अन्य दलका १६ सांसदले पनि प्रदेशको नाम मधेश राख्ने प्रस्तावको पक्षमा मतदान गरे ।

कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेका थिए ।

प्रदेश २ को राजधानी तथा नामकरणमा दुई तिहाइ बहुमत मत प्रकट भएपछि सोमबार नै प्रदेश सभाले स्थायी राजधानी जनकपुर टुंगो लगाएको हो ।
प्रदेशको नाम मधेस कायम भएको खुसियाली मनाउन सरकारले भने मंगलबार सार्वजनिक बिदाको घोषण गरेको थियो ।

प्रदेश २ को राजधानी घोषणा भएसंगै अर्को तिर बिभिन्न स्थानमा फरक फरक तरिकाले बिरोध पनि भएको छ ।

नाम मधेस राखेर २२ जिल्लामा फैलिएको मधेसलाई आठ जिल्लामा सीमित गरेको भन्दै जानकी चोकमा युवाहरूले आठ जिल्लालाई मधेस प्रदेश मान्दैनौँ, प्रदेशको नाम मिथिला भोजपुरा कायम गर भन्दै पुत्ला जलाएका छन् ।

आठ जिल्लाको पहिचान मिथिला भोजपुरा रहेकाले सोही पहिचानको आधारमा प्रदेशको नाम हुनुपर्ने माग गरेका छन् ।

यसैबीच, पर्साको वीरगन्जमा प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकिएपछि विरोध गर्दै आएका छन् ।

यसै बिच वीरगञ्ज महानगरपालिकाको प्रदेशका मुख्यमन्त्रीको निवासमा ढुङ्गा प्रहार गरेको आरोपमा मङ्गलबार एक जना पक्राउ परेका छन् ।

मधेस प्रदेशको स्थायी राजधानी जनकपुर कायम गरिएपछि मङ्गलबार पनि वीरगञ्जको केही स्थानमा प्रदर्शन भयो ।

विरोधमा पर्साको पोखरीयामा एमाले पोखरीया नगर कमिटीको आयोजना भएको प्रदर्शनमा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन पनि गरेका थिए ।
वीरगन्जलाई राजधानी नबनाइएको भन्दै नेपाली काँग्रेसले कालो झण्डासहित मोटरसाइकलमा र्याली सहित प्रदर्शन गरेको हो ।

घण्टाघर चोकबाट निस्किएको कालो झण्डासहितको र्यालीमा नगरको परिक्रम गर्दै गर्ने वडा नम्बर १३ तेजारथ टोलस्थित मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि पुगेर बिभिन्न नाराबाजी गरेका थिए ।

त्यसै क्रममो मुख्यमन्त्री राउतको घरमा ढुंगा प्रहार पनि भएको थियो ।

वीरगञ्ज वडा नंम्बर ८ घण्टाघरबाट मुख्यमन्त्री लालबाबु राउतको निवासमा ढुङ्गा प्रहार गरेको आरोपमा वीरगञ्ज महानगर.पालिका.वडा नं.१ बस्ने २६ वर्षिय सुमन पटेललाई पक्राउ गरेको छ  ।

राजधानी जनकपुर निर्णय भएको विरोध गर्दै नेपाली काँग्रेस पार्टीको नगरस्तरीय कार्यकर्ताहरूले मोटरसाइकल ¥यालीमा नाराबाजी सहित परिक्रमा गरेका थिए ।

परिक्रमा गर्ने क्रममा वडा नम्बर १३ तेजारथ टोलमा रहेको २ नं. प्रदेशका मुख्यमन्त्रीको ज्यूको निवासमा भएको ढुङ्गा प्रहारले २ वटा सिसा फुटे र सोह ीआरोपमा वडा.प्रहरी कार्यालय .बिर्ताबाट खटिएको प्रहरी टोलील पक्राउ गरेको हो ।