मकवानपुरगढी गाउँपालिकाको आयोजनामा ब्यूटीसियन तालिम सुरु गरिएको छ ।

दैनिक ४ घण्टा तालिम गाउँपालिकाको आयोजनामा२० जना युवतीहरुका लागि ९० दिनको ब्यूटीसियन तालिम प्रदान गराइने भएको हो ।
बिहीवार गाउँपालिकाभित्रका २० जना युवतीहरुलाई दिइएको तालिम उद्घाटन गरिएको छ ।

गाउँपालिकाको लघु उद्यम विकास शाखाले हेटौंडा–१ पिपलबोटमा रहेको आश्विनी ब्यूटिपार्लर तथा टे«निङ सेन्टरमा तालिम सुरुवात गरेको हो ।

विगतमा पनि पशुपंक्षी पालनमा तालिम दिँदै आइरहेको पालिकाले महिलाहरुले गाई, भैंसी, बाख्रा मात्रै पाल्ने नभई ब्यूटिसियन सिकेर स्वरोजगार बन्नु पर्नेमा जोड दिन कै लागि तालिम सुरु गरिएको गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बाले बताईन् ।

युवतीहरुलाई स्वरोजगार बनाउनका निमित्त पढाइ मात्र हैन, सीप पनि आवश्यक रहेको उल्लेख गर्दै ‘सीप सिकेमा महिलालाई पनि सीपले आत्मनिर्भर बनाउँने उल्लेख गरिन् ।

ब्यूटीसियन सिकेपछि रोजगारी पाउनेदेखि स्वरोजगार बनाउने भएकाले राम्रोसँग तालिम लिन सहभागीलाई आग्रह गरिन् ।

तालिम दिने मुख्य प्रशिक्षक इन्द्राकुमारी तामाङ र सहायक प्रशिक्षक सरस्वती स्याङतान रहेको कार्यालयका कर्मचारी प्रशासन शाखा प्रमुख तथा लघु उद्यम विकास शाखाका संयोजक सुर्यबहादुर गुरुङले बताए ।