ईलाका प्रहरी कार्यालय मनहरीले लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी प्रमुख प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा पिढ्युमा भारी बोकी आईरहेको अवस्थामा चेकजाँच गर्दा ४५ किलो लागुऔषध गाँजा सहित २ जना पक्राउ परेका हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष ४२ को भक्त बहादुर थापा मगर र वडा नम्बर ५ बस्ने वर्ष ४१ को हिरालाल गुरुङ्गलाई पक्राउ गरिएको हो ।

बिशेष सूचनाको आधारमा विहिबार पक्राउ परेका हुन् भने उनिहरुको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपरले जनाएको छ ।