मकवानपुरका पत्रकार इन्द्रप्रसाद बञ्जरा ‘रमेश’ले समाचार लेखेकै भरमा अवैधानिक ढंगले प्रेस युनियनको साधारण सदस्यबाट निकाल्ने प्रयास भएको बताएका छन् ।

केही दिन अघि मकवानपुरबाट प्रकाशित साप्ताहिक पत्रिका बागमती एक्सप्रेसमा मकवानपुर कांग्रेसका सभापति इन्द्र बहादुर बाँनीयाको विषयमा समाचार लेखेकै भरमा आफुलाई सदस्यबाट हटाईएको बञ्जाराको भनाई छ ।

आफुले संगठनका हितमा निकै काम गरिरहेको समयमा आफुले गरेको गल्तिका विषयमा कुनै पत्र समेत नआई सोझै हटाईएको भन्दै अवैधानिक ढंगबाट प्रेस युनियनको साधारण सदस्यबाट निकाल्ने प्रयास भएको बताए ।

 

आफुले २०७८ साल जेठ ६ गते राजीनामा दिएको भएपनि मकवानपुरका केहि प्रेस युनियनको नेतृत्वमा रहेकाहरुबाट कांग्रेसको तर्फबाट कारबाहीको माग गरिएको भन्दै श्रमजिवि पत्रकारलाई कारबाहीको सिफारिस गर्नु अवैधानिक काम गरेको उनको भनाई छ ।

आइतबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै संगठनमा गल्ती गर्दा स्पष्टीकरण सोध्ने, सचेत गराउने प्रक्रिया हुँदा हुँदै  युनियन को विधान अन्तर्गत सरासर गलत भएको बञ्जाराको दावी छ ।

एउटा श्रमजिवि पत्रकार एवम् साधारण सदस्यलाई कारबाही गर्नको लागि केन्द्रको बैठकले अनुशासन समितिलाई सिफारिस गर्नुपर्नेे विधानमा व्यवस्था भएपनि केन्द्रीय अध्यक्ष बद्री सिग्देलले अवैधानिक काम गरेको उनको भनाई छ ।

समाचार लेखेकै भरमा आफुलाई केन्द्रीय समितिले विधान विपरित कारबाहिको हल्ला गरेर समितिलाई पत्रचार गर्नुले पत्रकार हकहितमा बोल्ने संगठनमा रहेकाहरुबाट नै यस्तो हून्छ भने पत्रकारले कसरी विश्वास गर्ने भन्दै प्रश्न गरे ?

( भिडियो सहित )