मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा सर्पदंस सम्बन्धी उपचार पद्धती अभिमुखिकरण कार्यक्रमको अयोजना गरिएको छ ।
देशका बिभिन्न भूभागमा देखिने जिवहरु मध्य देखिन साथ मानिसमा डर उत्पन्न हुने घर्सने जिव सपको टोकाइको उपचार पद्धती चुस्त र दुरुस्त बनाउन अभिमुखि कार्यक्रम गरिएको अस्पतालले जनाएको छ ।

विशेष गरि तराई भूभागमा विषालु सर्प अत्याधिक देखिने गरेपनि बिभिन्न प्रजातीका सर्पहरु मकवानपुरमा पनि भेटिएको छ ।
मकवानपुरका बिभिन्न स्थान देखि हेटौंडा उपमहानगर भित्र पनि मानव वस्तीमा अचानक देखिने र भेटिने सबै सर्प विषालु नभएता पनि सर्पले टोक्न साथ पैदा भएको डरको असर अत्याधिक परिरहेको छ ।
यसैक्रममा सर्पको टोकाइमा परेकाहरु उपचारका लागि आकास्मिक सेवा (इमरजेन्सी) आएपछि उपचार पद्धतीमा ध्यान नपुगेको गुनासो आएपछि सेवालाई चुस्त दुरुस्त बनाउन कार्यक्रम गरिएको रजिष्टार भिम सागर गुरागाँइले बताएका हुन ।
कार्यक्रममा अस्पतालमा कार्यरत डा. हरिबहादुर खड्काले प्रसिक्षण दिएका हुन् ।
प्रसिक्षण दिँदै बुँदागत जानकारी सहित सर्पदंसको बिरामी आउन साथ गरिने व्यवहार के कसरी गर्ने ? कस्तो अवस्थामा कसरी र कुन औषधी चलाउने ? के सम्म गर्न सकिन्छ भन्ने बताएका हुन् ।
उक्त कार्यक्रममा हेटौंंडा अस्पतालमा सेवा दिइरहेका डा.अकास्मिक सेवा, आइसियसु एच्डियु, ओपिडिमा कार्यरत र मकवानपुरमा रहेर सर्प उद्धार गरिरहेका राजेश गरिब र रोशन दिप लगायतको उपस्थिति रहेको थियो ।
पत्रकारितामा सक्रिय रहे संगै स्वयम् सेवकका रुपमा निःशुल्क रुपमा मानव बस्ती पसेको सर्प उद्धार गरिरहेका द्धय गरिब र दिपले हाल सम्म अविषालु, हल्का विषालु, र विषालु सर्पहरु गरेर १७ प्रजातिका सर्पहरु उद्धार गरि सकेको जानकारी दिए ।

सोही क्रममा सर्पले टोकेको विरामीका आफन्तहरुसंगको प्रत्यक्ष कुराकनीमा अस्पतालमा उपचार पद्धतीमा केही अन्यौलाता परेको भन्दै अस्पतालमा जानकारी गराएपछि आयोजित कार्यक्रमले सुधार हुनुपर्ने बताए ।

















प्रतिक्रिया दिनुहोस्