
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा तामाङ साँस्कृतिक महोत्सव–२०८१ हुने भएको छ ।
“ह्याङलान काअीरन ह्याङलान काअी– जम्बुलिङरी छार्ना लाअी“ भन्ने उद्देश्यले २८६१ डुल सा पुख्री ल्हो (सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा हेटौंडा–१० स्थित टिसिएन चौरमा आउँदो बिहीबार साँस्कृतिक महोत्सव गर्न लागेको हो ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै “तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनमा अघि बढौं” भन्ने मूल नाराका साथ यस वर्ष सोनाम ल्होछार मनाइन लागेको नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरका सचिव किरनमान बलले जानकारी दिए ।
सचिव बलले जानकारी दिए अनुसार निर्माणाधिन तामाङ संग्रहालय भवन निर्माण सहयोगार्थ मुख्य उद्येश्य रहेको महोत्सवमा लामा, बोम्बो, ताम्बा डम्फुरे सहितको र्याली तथा झाँकी प्रदर्शन, शुभकामना आदानप्रदान बिभिन्न व्यक्तीत्व सम्मान कार्यक्रम, तामाङ मौलिक भेषभुषा तथा खानाका परिकारहरु प्रदर्शन गरिने सचिव बलले जानकारी दिए ।
तामाङ कलाकार संघ मकवानपुर सहआयोजक रहेको महोत्सवमा मकवानपुरे तामाङ कलाकारहरु अभि लामा, अनिता गोले, अनराज तामाङ, विक्रम लुङ्वा, सुजना रुम्बा, साम्तेन मोक्तान, केशर मोक्तान, आशाराम थिङ, बिरु घलान, बालिका तामाङ, अनिता मुक्तान, प्रतिमा घलान, सुरक्षा तामाङ, प्रेमा लोप्चन कलाकारको प्रस्तुति रहने अध्यक्ष कालु घलानले बताए ।
आयोजित पत्रकार सम्मेलनमा आयोजका तर्फबाट आएको जानकारी अनुसार तामाङ समुदायको नेतृत्वदायी संगठनले यस ल्होछारका लागि (नयाँ वर्षकालागि) यो नारा तय गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा महोत्सवको उद्धघाटन हुने छ ।
प्रतिक्रिया दिनुहोस्