बडा दशैको शुभ अवसर पारेर बहुप्रतिक्षित नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’असोज १७ गते बिहिवार घटस्थापनाको दिनबाट देशभरको सिनेमा हलहरुमा रिलिज हुँदैछ ।

ट्रेलरले दर्शकको मन लोभ्याउँदै थप प्रतीक्षित बनाएको ‘बेहुली फ्रम मेघौली’  हेर्नका लागि फिल्म ‘बेहुली फ्रम मेघौली’को अग्रिम टिकट बिक्री खुला गरेका छन्

क्यूएफएक्सले काठमाडौं उपत्यकास्थित आफ्ना फ्रेन्चाइजमा २७ शो उपलब्ध गराएको भनिएको छ । उपत्यकाबाहिर १७ शो प्रदान गरिएको छ भने उक्त मितिमा अन्य नयाँ फिल्म छैनन् ।

…………………………..

हाम्रै हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलको शानदार पर्दामा हेर्न पाइने भएको छ । ‘बेहुली फ्रम मेघौली’

एनएस सिनेमाजमा पनि अग्रिम टिकट बुकिङ्गखुल्ला भइसकेको छ ।

एन एस सिनेमाज
हेटौंडा ४ नारायणी मलको चौथो तल्ला
थप जानकारीका लागि
संपर्क नम्बर ०५७-५२०९४९

…………………………………….

ट्रेलरमा देखिए अनुसार छोरीको उमेर बढ्दै जाँदा विवाहका लागि पर्ने समस्या ३० वर्ष उमेर पुगेकी युवतीले योग्य वर पाउन गर्नुपर्ने संघर्ष नेपाली समाजको वैवाहिक प्रवृत्तिलाई लिएर  समाजीक दबाबलाई रोमान्टिक ढङ्गबाट देखाएको अनुमान गर्न  सकिन्छ ।

एक फ्रड युवक,ले विवाहका विषयमा  नेपाली समाजको परम्परागत मान्यतालाई रमाइला संवाद प्रयोग गरि व्यंग्य गर्न खोज्दै गरेको होकी भन्ने बुझ्न सकिन्छ ।स्वस्तिमा खड्का र फिल्म निर्दैशनमा समेत फरक पहिचान बनाएका निश्चल बस्नेत मुख्य भूमिकामा छन् ।
चलचित्रको निर्माण पनि स्वस्तिमा र निश्चलले नै गरेका हुन् । स्वस्तिमा र निश्चल संगै हाम्रै हेटौंडाका अमिर गौतमको पनि अभिनय रहेको छ ।

सँगै कलाकारितामा ख्याती कमाएको अभिनेत्री बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको पनि अभिनय हेर्न पाइने छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म सजन काफ्ले र आकाश बरालले मिलेर लेखन तथा निर्देशन गरेका हुन् भने यो उनीहरूको डेब्यू निर्दैशन हो ।

संगै स्वस्तीमाले पनि यो फिल्मबाट निर्माणमा प्रवेश गरेकी छिन् । कार्यकारी निर्माताका रुपमा फिरोज खड्का र शंकर पाण्डे छन् ।

विजय बराल कास्टिङ डिरेक्टर नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन, केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी रहेको छ ।