हेटौंडा / बागमती प्रदेशको रानधानी हेटौंडा -२ मा रहेको बाल जागृति इङ्गलिस बोर्डिङ स्कुलको आयोजनामा स्क्राबल प्रतियोगिता हुने भएको छ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै स्क्राबल क्लब अफ मकवानपुरको संयोजनमा जेठ १५ गते शनिबार आयोजना गर्न लागेको जानकारी गराइएको हो ।

विद्यालय सञ्चालन समीतिका अध्यक्ष दिनेश प्रसाद भण्डारी, प्रिन्सिपल विनोद सुवेदी स्क्राबल क्लब मकवानपुरका संयोजक विवश जंग थापा, स्क्राबल क्लब केन्द्रीय समितिका भोजराज सुवेदी लगाएतको उपस्थितिमा जानकारी गराइएको हो ।

जानकारी दिए अनुसार हेटौंडा–४ मा रहेको रोयल पार्टी प्यालेसमा खेल विहान ११ बजे देखि सुरु हुने छ भने बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मुक्तानद्धारा उद्धाटन हुने छ ।

कार्यक्रममा हेटौंडा, मनहरी, हात्तिसुँडे, बकैया, चिसापानी, ज्यामिरे, नवलपुर, बसामाडि, नेवारपानी, बस्तीपुर लगाएतका सामुदायिक र संस्थागत गरी करिब ५० वटा विद्यालयको सहभागिता रहने विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले बताए ।

कार्यक्रममा विद्यार्थी र शिक्षक गरी २५० जनाको सहभागिता हुने विश्वास रहेको र स्क्राबल खेललाई हरेक विद्यालयमा आयोजना गर्नुपर्ने प्रिन्सिपल सुवेदीले बताए ।