नेपाल प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती मकवानपुरको कार्यालय उद्धघाटन तथा नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
मकवापुर अध्यक्ष अञ्जली थापाको सभाध्यक्षमा तथा बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा कार्याल उद्धाटन तथा शुभकामना आदान प्रदान गरिएको हो ।

कार्यक्रमलार्ई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सञ्चारकर्मीहरमा नयाँ वर्षको शुभकामना व्यक्त गर्दै सबैले आफ्नो काममा विश्वास गर्न र कर्म गर्न आग्रह गरिन् । २०८१ सालमा सबै संचारकर्मीहरुले गरेको कामहरु सफलता पुर्वक सफल हुने अपेक्षा गर्दै गणतन्त्रको स्थापना गर्नका लागि जनताकै भुमिका रहेको बताइन्।

सरकारसँगको बिद्येयकमा कानुन नबाउनदा कठिन भएको रसञ्चार क्षेत्रमा मात्र नभर्ई हरेक क्षेत्रमा समस्या आउने गरेको हुँदा समस्यालार्ई समाधान गर्नका लागि आफु अग्रसर रहने मन्त्री मोक्तानले बताएकी हुन्।

नेकपा माओवादी बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी छिन्तुले प्रेस सेन्टरको कार्यालय स्थापना भएसंगै पत्रकारुंगको भेटघाट गर्ने थालेको रूपमा विकास गरेर संगठनको काम सञ्चार जगतको मर्म अनुसार काम गर्न थालेको रूपमा विकास बनाउन आग्रह गरे ।

सेन्टर मकवानपुरका उपाध्यक्ष राजकुमार केसीद्धारा सहजिकरण गरेको कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका सचिव बीरबहादुर घलान ज्वाला, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, बागमतीका महासचिव कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरक अध्यक्ष मणिराज गौतम, प्रेस नेपालका केन्द्रीय अध्यक्ष मनोज ढोडारी, समाजवादी प्रेस संगठनका केन्द्रीय महासचिव रामकुमार एलन प्रेस चौतारी अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष शुवास बिडारी लगायतले सञ्चार जगतको समस्या, समाधानका विषयमा धाराण सुनाउदै शुभकामना व्यक्त गरे ।

 

 

 

रातो समाचार संवाददाता
थप जानकारी