बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनका लागी छनोट भएका खेलाडीहरुको हेटौंडामा बन्द प्रशिक्षण चलिरहेको छ।

मकवानपुरमा भएको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनौट भएका खेलाडीहरुलाई मकवानपुर जिल्ला खेलकुद बिकास समितिको भवनमा बन्द प्रशिक्षणका लागि रखिएको हो।

जिल्ला खेलकुद विकास समितिको नेतृत्वमा गएको आइतबारबाट सुरु भएको बन्द प्रशिक्षणमा ९८ जना खेलाडी, १५ अफिसियल गरी १ सय १५ जना रहेका छन् ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि हेटौडा उपमहानगरले नगद ६ लाख रुपैयाँ विनियोजन गरेको समिति अध्यक्ष वेश खड्कीले जानकारी दिए ।

बिभिन्न खेलसंगै खेलाडीहरुलाई बन्दप्रशिक्षणमा एथलेटिक्स तर्फपनि उपाधी हात पार्ने दाउमा रहेका छन् ।

नेपाल एथलेटिक्स संघका राष्ट्रिय निर्णायक तथा एथलेटिक्स संघ मकवानपुरका सचिव नेपाल एथलेटिक्स संघका केन्द्रिय सदस्य तथा मकवानपुरका अध्यक्षले खेलाडीहरुलाई प्रशिक्षण दिइरहे संगै यसपटक उपाधी हात पार्ने विश्वास रहेको बताउछन् ।