नेपाल स्वरोजगार व्यापार श्रमिक संघ हेटौंडा उपमहानगर कमिटिको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
कमिटिको अभ्यक्ष सिता तिमल्सिनाको सभाध्यक्षता नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट बागमती प्रदेश कमिटिका अध्यक्ष रामहरी नेपालको प्रमुख आतिथ्यतामा गरिएको हो ।

केन्द्रिय कमिटि का उपाध्यक्ष तथा बागमती प्रदेश इञ्जार्ज भवानी शर्मा, महासंघ जिफन्ट बागमती प्रदेश कमिटि उपाध्यक्ष अर्जुन अर्यालको विशिष्ठ अतिथ्यता रहेको हो ।

कार्यक्रममा कपडा तथा तयारी पोशाक व्यवसायी संघका पुर्व अध्यक्ष तेजराज अभिकारी, महासचिव मधुसुदन अर्याल श्रमिक संघमा आवद्ध प्रतिनीधिहरुको आतिथ्या रहेको थियो भने  श्रमिक संघका सचिव  कृष्ण न्यौपाने (ह्यग्रीब) ले कार्यक्रम सञ्चालन गरेका हुन् ।

त्यस्तैगरि दोस्रो अधिवेशनले शैलेन्द्र देवकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कमिटिको उपाध्यक्ष मेघनाथ  चौलागाईँ सचिवमा सुरज भटराई, सहसचिवमा सन्तोष ढकाल, गीरीस ढकाल, कोषाध्यक्षमा प्रमीला निरौला चयन भएका हुन् ।

त्यस्तैगरि सदस्यहरुमा कृष्णहरि खतिवडा, सुवोध ढकाल, मोहमद सफिक, केशव पाठक, रवी थापा, सन्तोष ढकाल, गीरीष कौषिक पण्डित,

गोमा कार्की  महत,  गोमा शर्मा(चौलागाई)  चयन भएका हुन् ।