हेटौंडा उपमहानगरपालिका -१८ हर्नामाडीमा आगलागी भई नष्ट भएको स्थानमा पुगेर सामाजिक भूमिका तथा अतिरिक्त क्रियाकलाप समितिले राहत वितरण गरेको छ ।
सोही स्थान बडकुले बस्ने स्थानीय राम बहादुर पाख्रीनको मेल भएको घरमा विद्युत सर्ट भएर आगलागी भएको हो ।
प्रहरीले दिएकोृ जानकारी अनुसारबिजुली सट भई आगलागी हुँदा उक्त गोठ भित्र रहेको धान,चामल,मकै, धानकुट्ने मिल, मकै पिन्ने मिल, लत्ताकपडा, गोठ पुर्ण रुपमा जलि नष्ट भएको हो।
मकवानपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा संघको मताहातमा रहेको सामाजिक भूमिका तथा अतिरिक्त क्रियाकलाप समितिका संयोजक तेजराज अधिकारीको नेतृत्वमा सहयोग गरेको छ ।
बुधाबार उक्त स्थानमा मकवानपुर उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवाल, हेटौंडा उपमहानगर १८ का अध्यक्ष अनिल बानियाँ, संघका कार्यसमिति सदस्यहरु, क्रियाकलाप समितिका सदस्यहरु सहितको उपस्थिितिमा सहयोग वितरण गरिएको हो ।
पिडित पाख्रीनलाई केही खाद्यन्न सामाग्री र केही भाँडाकुडा हस्तान्तरण गरिएको हो ।
आगलागीबाट पाख्रीनको घर पुर्णरुपमा क्षती पुगेकाले सानो सहयोग गरिएको तेजराज अधिकारीले बताए ।
सोही क्रममा मकवानपुर उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले क्षति पुगेर समस्य भएको जानकारी पाएकाले थोरै मलहम लगाउने प्रयास गरिएको बताए ।
सोृही विषयमा वडाका अध्यक्ष अनिल बानियाँले नष्ट भएको घर पुर्ण निर्माणका लागि तत्काल कदम चलाइएको १ महिना भित्र निर्माण गरिने प्रतिवद्धता जनाए ।





















प्रतिक्रिया दिनुहोस्