मकवानपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको १४ औँ संस्करण सम्पन्न भएको छ ।

आइताबार सम्पन्न प्रतियोगितामा हेटौंडा उपमहानगरले विजेताको उपाधी हात पारेको छ ।

प्रतियोगितामा २० वटा स्वर्ण, ७ वटा रजत र १९ वटा कास्य पदक प्राप्त गर्दै उपमहानगर विजेता भएको हो ।

१० वटै स्थानियतहकाट ७ सय भन्दा भन्दा अधिक खेलाडीहरुको सहभागिता रहेको थियो ।

खेलमा मकवानपुरमा पर्ने बकैयाले १२ वटा स्वर्ण, १० रजत र ८ वटा कास्य पदक हात गर्दै उपविजेता भएको हो ।

७ वटा स्वर्ण, ८ वटा रजत र १३ वटा कास्य पदक प्राप्त गरेर थाहा नगर तेस्रो भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख ललित घलान प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशका सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, कार्यालय प्रमुख माधव कोइराला हेटौंडा उपमहानगरका बिभिन्न वडाका अध्यक्ष लगायतले विजेतहरुलाई पुरस्कार

वितरण गरेका थिए ।