नेपाल आइडलको पाँचौ सिजनको हेटौंडा अडिसन माघ २ गते हेटौंडामा हुने भएको छ ।

सोमबार पत्रकारसंग भेटघाट गर्दै गायक रियालिटी शो हेटौंडा ९ स्थित कृष्ण आदर्श ईङसलिस बोर्डिङ स्कुलमा हुने आयोजकले जनाएको हो ।

२१ पुसदेखि झापाबाट सुरु भएको सिजन ५ को अडिसनले संगीतसंग रुचि हुने र गित संगितमा केही गर्छु भनेर स्थान खोज्नेहरुका लागि हरेक प्रदेशमा कार्यक्रम गरिएको बताइएको हो ।

नेपाल आइडल सिजन ५ मा न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बाँस्कोटा निर्णायकको भूमिकामा रहेका छन् भने सुरेश पौडेलले निर्देशन गरिरहेका छन् ।