रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा शनिबारदेखि संकलन गरेको हस्ताक्षर बुझाएको छ ।
शुक्रबार ललितपुर जिल्लाको बालकुमारीमा रहेको कोरिया भाषा ईपिएस (EPS) कार्यालय अगाडि भएको प्रदर्शनमा २ युवाको मृत्यु भएको घटनामा गम्भीर ध्यानाकर्षण भएको भन्दै संकलन गरेको हस्ताक्षर बुझाएको जनाएको छ ।

मकवानपुर प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाई मार्फत प्रधानमन्त्री समक्ष पुर्याउन बुझाइएको रा.स्व.पा. बागमती प्रदेश RAT बागमती प्रदेश संयोजक महेन्द्र श्रेष्ठले जानकारी दिए ।
पत्रमा १५ हजार भन्दा बढीको हस्ताक्षर संकलन गरिएको बालकुमारी घटनाप्रति रास्वपा बागमती प्रदेश लगायत रास्वपाकै तर्फबाट गहिरो दुःख रहेको बताए ।
सामान्य घटनामा समेत गोली चलाई ज्यान लिएको अवस्थामा कसले सिर्जना गयो ? किन गयो ? यसको जिम्मा सरकारले लिनुपर्ने र घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने बताए ।

















प्रतिक्रिया दिनुहोस्