बागमती प्रदेशको राजधानी हेटौंडामा मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा गएको पुष ५ गते देखि वृहत् खेलकुद तथा व्यापार महोत्सव चलिरहेको छ ।

हेटौंडा–१० भुटनदेबी मन्दिर जाने बाटोको चौरमा जारी महोत्सवमै मकवानपुर उसु संघको आयोजनामा गरिएको प्रथम अन्तर प्रदेश स्तरिय राष्ट्रिय उसु प्रतियोगिता सम्पन्न भएको छ ।

संघका अध्यक्ष ज्योतिरत्न बज्रचार्यको नेतृत्वमा बुधाबार देखि गरिएको२ दिने उक्त प्रतियोगितामा सातै प्रदेशका खेलाडीहरु सहभागी भएका
थिए ।

उक्त खेल सम्पन्न भएसंगै सहभागी भई प्रथम, द्धितिय, तृतिय, उत्कृष्टहरुलाई पुरस्कार बितरण समेत गरिएको थियो ।

खेलक्षेत्रको महत्वपुर्ण मानिने खेल उस्सु रहेको र खेल प्रतियोगितालाई सम्पन्न गर्न बिभिन्न व्यक्ती देखि सुनचाँदी व्यवसायीहरुले समेत साथ दिएको अध्यक्ष ज्योतिरत्न बज्रचार्यले बताए ।

उनले आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा रहेको बताए ।