हेटौंडा उपमहानगरपालिका -७ स्थित आशा विशेष पाठशाला पुर्नस्थपना केन्द्रमा खाद्यन्न सहयोग भएको छ ।

हेटौंडा-५ का सामाजिक सहयोगी विशालराज महतले आफ्नो जन्म दिनकोअवसर पारेर नागस्वतीको हरियालीटोलमा रहेको पुर्नस्थपना केन्द्रमा केही खाद्यन्न सहयोग गरेका हुन् ।

आफ्नो जिवन सङ्गीनी सहित पुगेका महतले दाल, चामल, तेल चिनी लगायत खाद्यन्नसहयोग गरेका हुन् ।

जन्मदिनको समयमा उक्त पुर्नस्थपना केन्द्रमा रहेका भाइबहिनीहरुको लागि थोरै भएपनि सहयोग गर्ने सोचले सहयोग गरेको र यसमा खुसी लगेको महत दम्पती बताउछन् ।

जन्मदिनको समयमा बिभिन्न तडक भडक तरिकाले जन्मदिन मनाउनु भन्दा पनि यस्ता स्थानमा सहयोग गरिरहदा सन्तु्ष्टि मिल्ने भएकाले सहयोग गरिएको बताएका हुन् ।

यसरी सामाजिक सहयोगकको भावाना बोकेर सहयोग गर्न आएकोमा केन्द्रका प्रमुख बालकृष्ण चौंलागाँइ ले खुसी व्यक्त गरे ।